कर्णाली नदीमा बस खस्दा १० को मृत्यु
सुर्खेत/कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको यात्रुबाहक ना ४ ख २९९८ नम्बरको बस बुधबार कर्णाली नदीमा खस्दा १० जनाको ज्यान गएको छ ।
१८ जना घाइते भएको प्रहरीले जनाएको छ । के कारणले दुर्घटना भएको हो भन्ने कारण खुल्न नसकेको सुर्खेत प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा ७ जना पुरुष, दुई जना महिना र एकजना बच्चा रहेको बताइएको छ । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको थियो । घटनाको पूर्ण विवरण आउन अझै केही समय लाग्ने बताइन्छ ।