हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अज्ञात समूहले बम विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् ।