धरान/२५६१ औं बुद्ध पूर्णिमा तथा २६४१ औं बुद्ध जयन्ती बुधबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ । वैशाख शुक्ल पूर्णिमाका दिन भगवान बुद्धप्रति आश्था प्रकट गरेर मनाउने चलन रहेको छ । बुद्ध जयन्तीमा धरानमा पनि बौद्धिष्ट संघ संस्थाहरुले धरान नगरपरिक्रमा गर्दै बुद्ध जयन्ती मनाएका छन् । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसको नाममा लिने गरेका छन् । धरान–८ को हिमालय महायान रिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बाको नेतृत्वमा धरानमा र्याली आयोजना गरिएको छ । गुम्बा परिषरबाट सुरु भएको र्याली धरान नगर परिक्रमा गर्दै पुनः गुम्बामा पुगेर टुंगिएको थियो । र्यालीमा धरान–८ को बौद्ध बिहार, धरान–१२ को महाचैत्य बिहार, धरान–१६ को मगर समाजको बुद्ध बिहार, धरान–८ हिमालय दिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बा, धरान–१५ को ङ्युने लाखाङ बुदिष्ट गुम्बा र धरान–१८ नेपाल बौद्ध गुम्बा सहभागी थिए । ¥यालीमा हजारौंको संख्यामा बुद्धिष्ट अनुयायीहरु सहभागी बनेका थिए । ¥यालीमा ज्याल्सा निमा साङ्पो रेम्र्पोछेले अगुवाई गरेका थिए । उनले गुम्बामा पूजापाठ गर्दै आयुको आर्शिवाद (छेवाङ) समेत गरिएको गुम्बाका सपन तामाङले जानकारी दिए । यसैबीच धरान–४ स्थित छोटी मोरङमा रहेको थाउजेण्ड बिगबुद्धमा पनि भव्यताका साथ बुद्ध जयन्ती मनाइएको छ ।   [caption id="attachment_43856" align="alignnone" width="960"] तस्विर : उपेन्द्र चाम्लिङ[/caption]