झापा/अनैतिक गतिविधिमा सलग्न भएको अभियोगमा झापा प्रहरीले झापाका विभिन्न होटलबाट केही भारतीयसहित १३ जनालाई नियन्त्रणमा लिएको छ । स्थानीयबासीको व्यापक जनगुनासो आउन थालेपछि प्रहरीले चेकजाँचलाई बढाएको थियो । त्यस क्रममा बिर्तामोडको मेचीकोशी टप होटल एण्ड लजबाट सञ्चालकसहित दुई जोडी, ३६५ क्याफेबाट सञ्चालकसहित २ महिला र ५ भारतीय पुरुष र शनिअर्जुन–११ मा रहेको निषा होटल एण्ड लजबाट एक जोडी पक्राउ गरेको विर्तामोड प्रहरीले बताएको छ । उनीहरु विरुद्ध सार्वजनिक अपराधमा मुद्दा चलाइएको छ । यसविषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।