काठमाडौं/दुई दिन अघि मात्रै गुण्डा नाइके दिपक मनाङे पक्राउ गरेको नेपाल प्रहरीले फेरि अर्का गुण्डा नाइके चक्रे मिलनलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनलाई महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशीले बताए । निर्वाचन सुरक्षालाई ख्यालमा राखेर विगतमा आपराधिक पृष्ठभूमि भएकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।