धरान/मोटरसाइकलमा आएका भारतीय नागरिकहरुले धरानमा आइतबार बिहान बालिका अपहरण गरेको भन्ने हल्ला अझै पुष्टी हुन सकेको छैन् । प्रहरीले भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई विभिन्न स्थानमा चेकजाँचलाई तिब्र बनाए पनि हालसम्म कुनै संकेत देखा नपरेको प्रहरीले बताएको छ । धरान प्रहरीका अनुसार हालसम्म पीडितहरु प्रहरी कार्यालयहरुमा उजुरी दिन आएको अवस्था छैन् । घटना कहाँबाट भयो, कस्ले ग¥यो ? भन्ने सम्मको कुरो नआउँदा प्रहरी नै अन्याैलमा परेको छ । आखिर यथार्थ के हो भनेर प्रहरी लागि परेको छ । सूचना आएको केही समयसम्म प्रहरीले निगरानीलाई बढाए पनि हाल प्रहरीले घटना नभएको हुन सक्ने अनुमान लगाएको छ । ‘अहिलेसम्म कोही पीडितहरु पनि प्रहरी कार्यालयमा आएको अवस्था छैन् ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले भने, ‘कसैले हल्ला फिजाएको हुन सक्छ ।’ यो हल्लाको कारण पनि प्रहरीलाई मात्रै हैरानी भएको छैन् आम पाठकहरुमा पनि भ्रममा परेका छन् । आखिर यथार्थ के हो त ? भनेर पाठकहरुले यस समाचारलाई चासोका साथ हेरिरहेका छन् । ब्लाष्टखबर डटकमले यस विषयमा बारम्बार प्रहरीसँग समन्वय गरिरहेको छ । हामीले पनि हाम्रा पाठकहरुलाई सत्यतथ्य समाचार दिने प्रयत्न गरिरहेका छौं । जसबाट हाम्रा पाठकहरु विचलित नहुन् भन्ने उद्देश्य रहेको छ । त्यसकारण यो घटनाको सत्य र तथ्य बाहिर नआइञ्जेलसम्म हामी पाठकलाई निराश पार्ने छैनौं । याे पनि http://blastkhabar.com/news/2017/05/07/43523.html#