महाेत्तरी/महोत्तरीको बर्दिबासबाट प्रहरीले आइतबार नेपाल कम्युनिष्ट पार्टीका जनकपुर अञ्चल ब्यूरो प्रमुखसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्यूरो प्रमुख सन्देश पौडेल, मिथिला चौहानसहितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । उनीहरुका साथबाट प्रहरीले बम बनाउन प्रयोग हुने प्रेसर कुकर बम बनाउने उपकरण, टाइम बम बनाइने घडी, तार दुई वटा, डेटोनेटर छ वटा, महोत्तरीको नक्सा, स्थानीय चुनाव खारेज गर लेखिएको पर्चा तीन सय वटा र नेपाली कांग्रेस पार्टीको स्टिकर दुई सय वटा बरामद गरेको छ । –रासस