धरान/एक युवतीलाई  बलात्कार गरेको आरोपमा एमबीबीएस अध्ययनरत एक बिद्यार्थी पक्राउ परेका छन् । लुम्बिनी मेडिकल कलेज पाल्पामा अध्ययनरत २१ वर्षिय सरोज अधिकारी पक्राउ परेका छन् ।

उनी एमबीबीएस चौथो वर्षमा अध्ययनरत छन् । अधिकारी पाल्पा तानसेनकै स्थानीय हुन् । अधिकारीलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कायाृलय पाल्पाका डिएसपी रमेश पंडितले बताए । एक १७ वर्षिय युवतीले अधिकारीविरुद्ध जाहेरी दिएकी छिन् ।स्वास्थ्यखबरअनलाइनमा समाचार छ ।