आमा हुने साथिहरुलाई भाग्यमानी हुनुहुन्छ । खुसी हुनुहोस,, आमालाई खुसी बनाउनुस...तपाईको भाग्य त्यसमा छ ! तपाहरुलाई माता तिर्थ औशिको शुभकामना !

[caption id="attachment_42146" align="alignleft" width="349"] खेवाहाङ मेवाहाङ[/caption] म त्यो अभागी व्यक्तिको सुचिमा पर्छु...जब मैले मातातिर्थ औसिलाई बुझे त्यो दिन मैले आमालाई साथमा पाउन सकिन । किनकी आमाको माया गुमाएको एक टुहुरो व्यक्ती म पनि हो । आमाको माया जब म सफलताको हरेक चुचुरोमा पुग्ने गर्छु र कुनै बेला म आफूलाई एक्लो हुने अवस्था शृजना गर्छु हो त्यहि दिनको सम्झनामा आमालाई सम्झिन्छु ।

२०६९ सालमा म कक्षा ९ को बार्शिक परिक्षाको तयारिमा थिए, त्यो बेला म टुकुटुकु गिटि कुट्न र बालुवा बोकेर बिजुली आयोजनाको जनश्रमदानमा गएको दिन थियो त्यो दिन । त्यो दिनको साझको झपक्क रात पर्ने बेलामा दिनभरिको श्रमदान पश्चात् फर्की रहेको थे, मेरो साझ आमाको लास माथी नै बित्यो । यसरी मातृप्रेम गुमाएका सिमित उदाहरण मध्ये म पनि केन्द्रीय उदाहरणमा पर्छु । त्यस पलबाट पारिवारिक र व्यक्तिगत दुबै संघर्षको केन्द्रमा रहेर म सिङ्गो "खेवाहाङ" अहिले केही सफलताको पर्खाइमा बसि रहेको छु ।

मलाई लाग्छ: मैले क्याम्पसबाट वक्तृत्वकला प्रतियोगिताबाट जितेर ल्याएको पुरस्कार आमालाई देखाउन पाए, एस एलसि, ११ कक्षा सफल गरेको मेरा शैक्षिक प्रमाणपत्रहरु, मलाई विभिन्न कार्यक्रममा दिएको सम्मानपत्र, दोसल्ला र खदाहरु लिएर आमाको काखमा राखिदिन पाए कस्तो हुन्थ्यो होला, धरान, इटहरी, काठमाडौ आदि ठाउँमा भएको प्रमाणपत्रहरु, त्यहिबाट ल्याएक अङ्गुर, स्याउ, अनि फर्किदा धनकुटाबाट ल्याएका धनकुटे बिस्कुट, मुलघाटबाट ल्याएका टमाटरहरु, अनि रमाइला साथीहरुसङ्ग खिचेका रमाइला रमाइला फोटोहरु मात्र हैन "आमा ! हेर्नू मेरो साथी कस्तो/ कस्ति लाग्यो ?" भनेर पुलुक्क देखाएर ज्वाट्ट आमाको हातबाट मोबाइल खोसेर भगाउन पाए कस्तो हुन्थ्यो ।

आज आमालाई सम्झिने दिन भएकैले सम्झिए, सार्वजनिक रुपमा । आफ्नो कथा हुन्छ, सबैले आफुलाई मनाउनु पर्दो रहेछ । यहि त हो जीवन, जे भए नि चित्ता बुझाउनु पर्दो रहेछ ।