धरान/कलाकारलाई के ले बढि प्रभाव पार्दो होला ? । धेरैको फरक–फरक जवाफ हुन सक्छ । तर, इटहरीका बिक्रम श्रिलाई प्रकृतिले प्रभाव पार्दो रहेछ । सायद, कलाकार हुनुको गुण सानैदेखि अन्तरस्करणमा प्रवेश गरेर होला ।
बालक हुँदा उनी त्यस्तो ठाउँमा हुर्किए । जहाँ मातृवात्सल्यसँगै प्राकृतिक मनोरम पहाड, पखेरा, उकाली ओराली देखे । खोला सुसाउँदा, कोइलीको कुहु–कुहु सुन्दा उनको मन पनि त्यही कोइली जस्तै हुन्थ्यो, फुरुङ । खोलामा राम्रो ढुङ्गा देख्नै नहुने गोजी हालिहाल्थे । त्यो ढुङ्गाभरी चित्र कोर्थे । के–के कोर्थे के के । उनैलाई थाहा हुदैन्थ्यो । त्यही पनि कोर्न छाड्दैनथे ।
एकताका त उनले नकोरेको ठाउँ नै थिएन भोजपुर लेखर्क गाविस–९ मा । गाउँबेसी हिड्दा होस् या स्कुल जाँदा पानी पधेरो, चौतारोमा उनको नबुझिने चित्रले बास गरेकै हुन्थ्यो । दिनभरी त्यस्तै नृत्यकर्ममा व्यस्त हुन्थे । प्राकृतिक दृष्यले उनी मोहित हुन्थे । त्यही दृष्यबाट हुर्किएका उनी अहिले पनि त्यही केटाकेटी जस्तै भइदिए कति रमाइलो हुन्थ्यो होला भन्दै सोच्छन् । महेन्द्र राजमार्गबाट करिव एककिलोमिटर माथि इटहरीस्थित घर पुग्दा पनि उनको कलाकारिताको ‘जग’ प्रष्ट्याउन धेरै बोलिरहन पर्दैन् ।
घरको प्रवेशद्वारदेखि भित्री कोठाहरुमा पनि उनको कलाकारिताको संगम देख्न सकिन्छ । कलाकारदेखि चित्रकारसम्म, कथाकारदेखि प्रकृतिका दृष्यसम्म उनको थलोमा देखिने सौन्दर्य हो । त्यही सौन्दर्यले उनी मनमोहक हुन्छन् । र, आफ्नो नृत्यकर्ममा सदैब तल्लिन हुन्छन् । बाल्यकालजस्तो आनन्द अहिले छैन् रे । तर, बाल्यकालमा सदैब भएको कौतुहलता कायमै छ । बाल्यकालमा रुखमा चढेर पहाडी भित्तो हेर्थे । ‘त्यो भन्दा पर्तिर के छ । त्यो भन्दा पर्तिर के छ भन्ने कौतुहलता हुन्थ्यो ।’ विगत स्मरण गर्दै उनी भन्छन् ।
भारतमा बाल्यकाल
त्यही बाल्यकालमा उनी भारतको कलकत्ता पारिवारिक बसाईका क्रममा पुगे । सानैमा कलकत्ता पुगेकाले त्यो बेला उनको आँखाले सबै कुरा आश्चर्य मात्रै देख्यो । जता हे¥र्यो उतै आश्चर्य । अत्यधिक गर्मी हुने भएकाले उनी कलकत्तामा घुमिरहन्थे । डुलिरहन्थे । नयाँ नयाँ कुराहरु हेर्ने भुत सवार भइरहन्थ्यो । २५ वर्ष बुबाको बसाईमा उनी त्यही हुर्किए । पढे । त्यहाँबाट नेपाल फर्किएका उनको परिवार विराटनगरमा केही वर्ष बसेपछि दुहवी स¥यो । दुहवीमा अत्यधिक डकैती लाग्ने हुँदा त्यही क्रममा बुबाको डाँकाहरुको गोली लागेर निधन भयो ।
बुबा बितेपछि परिवार आर्थिक रुपमा रुग्ण भयो । असुरक्षित महसुस गरेको उनको परिवार धरानमा बसाई स¥यो । धरानबाट मोरङको रमाइलो झोडामा बस्दा बस्दै उनले एसएलसी दिए । कलाकारितामा सानैदेखि रुची भए पनि एसएलसीपछि इलेक्ट्रिकल इन्जिनियर पढे । शौख कलाकारितामा थियो भने पढाई प्राविधिक तर्फ । त्यो बीचमा कलाकारितामा कतिपय अप्ठ्याराहरु नआएका होइनन् । ‘तर, प्यासन भएपछि अप्ठ्याराहरु पनि ट¥यो ।’ उनी भन्छन् ।
त्यो क्रममा उनले धेरै तिर हात हाले । रंगमञ्चमा पनि जमे । चारमहिनासम्म रंगमञ्चमा मेची–महाकाली साँस्कृतिक जागरण अभियान सञ्चालन गरे । त्यो क्रममा भोजपुर, इटहरी, धरान, दमक ढेडमहिना कार्यशाला चलाए । इटहरीमा गुरुकुल नै चलाए । त्यही कालमा मूर्तीकारको संख्या बढेको उनी बताउँछन् । ‘अगुवा हुँदा कठिनाई हुन्छ । आउँदो पीढिँको लागि यति चाही गरियो भन्ने आत्मसन्तुष्टी हुन्छ ।’ त्यसो त उनले २०५३ सालबाट पर्यटन सम्बन्धी काम पनि नगरेका होइनन् ।
गार्डेन स्कप्चर बनेर काम गरे । पर्यटन क्षेत्रलाई सौन्दर्यकरण गर्नुपर्छ भन्ने उनको मान्यताले अहिले स्थापित हुँदै गएको छ । पर्यटकीय क्षेत्र आफैमा सुन्दर हुन्छ । तर, त्यसलाई थप सुन्दर बनाउनको लागि सौन्दर्यकरणको आवश्यक हुन्छ । त्यही कुरा उनले आफूमा लागू गरे । उनले अध्ययन गरेको इन्जिनियरिङ यहाँ आएर काम लाग्यो । ‘त्यहाँ चाही इन्जिनियरिङ जोडियो ।’ उनी भन्छन्, ‘प्राविधिक विषयलाई फ्युजन गर्ने मौका पाएँ ।’ हाल उनी सौन्दर्यविज्ञको रुपमा काम गरिरहेका छन् ।
अहिले ५ वटा भन्दा बढी सीमसार क्षेत्रहरुमा उनको योजना चलिरहेको छ । उदयपुर, मोरङमा त काम नै गरिसकेका छन् । मूर्तीकलालाई व्यवसायिक बनाउन यसले मद्दत पु¥याएको छ । इन्जिनियरिङ र कलाकारितालाई जोड्न सकेका छन् । आर्थिक रुपमा पनि अहिले सबल बनेका छन् । त्यसो त कलाकारिताले उनलाई घरको न घाटको पनि नबनाएको होइन् । तत्कालीन विरेन्द्र राजाको पालामा काब्य बाटिका चलाउने हुँदा सरकारले घर नै लिलामसमेत गरेको थियो । त्यो बेला आर्थिक दुराबस्थाले उनको जीवनमा थिलथिलो बनायो । २०५८ सालमा साढे १३ लाख रुपैयामा सरकारले लिलामी गरेको स्मरण गर्छन् ।
त्यसपछि उनले २०६१÷०६२ सालतिर शान्ति निकेतन उद्योगमा दर्ता गर्दै इलामको ग्रिनसिटी प्लानिङ, उदयपुरको तीनवटा पर्यटकीय क्षेत्रहरुको काम गरे । उदयपुरको गढी रौला पर्यटकीय क्षेत्र, श्रमिक पार्कको काम गरे । धरानमा पनि सप्तरंगी पार्कको काम गरे । बेतना सीमसार, हसिना सिमसार, मिक्लाजुङ, जेफाले, राजारानी, कालीकोशी सीमसारको काम गरे । अहिले अन्तरधार्मिक पर्यटनको क्षेत्रमा काम गरिरहेका छन् ।
राजनीति
अन्य मानिस झै उनको जीवनमा पनि राजनीतिले छोयो । उनी पञ्चायतकालमा भूमिगत भएर राजनीतिक गरे । उनले भारतको कोलकत्तामा हुँदा पनि नेपालको राजनीतिलाई फैलाउने काम गरे । गुन्द्रुक बेच्ने निहुँ पारेर नेपाली राजनीितकज्ञहरुलाई पुस्तक बेच्ने काम पनि गरे । तर, उनमा राजनीतिप्रति यति तिक्तता आयो कि ‘राजनीतिकमा बेकार समय खेर फालेको अनुभूति हुन्छ । प्रयोग गरेर फाले जस्तो लाग्न’ थालेको छ ।
राजनीतिज्ञहरुलाई उनी कटाक्ष गर्छन् ‘हामी बनाइराख्छौं, उनीहरु भत्काइरहन्छन् ।’ उनले २०४७ सालदेखि राजनीति पूर्ण रुपमा त्याग्दै दर्शन तथा अध्यात्म तिर लागे । २०४० सालदेखि राजनीतिमा प्रवेश गरे पनि उनले १४ वर्षको उमेरदेखि कम्युनिष्ट किताहरु पढ्न थालेका थिए । उनले पढेको कम्युनिष्ट दर्शनलाई आधार मान्ने हो भने त अहिलेका राजनीतिकहरु अर्थात् कम्युनिष्ट भन्नेहरु कोही पनि कम्युनिष्ट होइनन् ।
जव दर्शनमा प्रवेश गरे । त्यसपछि शान्ति आउदै गयो । उनी दर्शनको अध्ययन गर्दागर्दै ओशोमा लागेर ‘फकिर’ जीवन जिए । फकिरकालमा पालेको दाह्रीजुगा उनले सन् २०११ मा मात्रै काटेको स्मरण गर्छन् । उनी रंङकर्ममा पनि होमिए । धरानको नाट्य क्षेत्रमा प्राविधिक ज्ञान भित्रयाउने काम पनि गरे । नाटकमा नयाँ प्रयोग ल्याए । अभियनको कक्षा चलाए ।
बिहे
उनमा बिहेको सोच नै थिएन् । अध्यात्म तिर हिड्दा उनलाई बिहेको सोच नै आएर । फकिर जीवन बिताइरहेकै समयमा कोरियामा सन् २०१० मा अन्तरदेशीय, अन्तरधार्मिक बिहे भइरहेको थियो । त्यहाँ विभिन्न देशका प्रतिनिधि युवायुवतिहरु थिए । बिहे कल्पना भन्दा बाहिरको थियो । त्यसैले उनको बिहे हुने कुरै भएन् । तर, जवव सन् २०१२ मा फिलिपिन्सको मनिलामा १२ जोडीको बिहे भयो त्यो मध्ये उनी पनि एक थिए । ४७ वर्षको उमेरमा उनले बिहे गरे ।
नाम
बिक्रम श्रि नाम केही फरक छ । बिक्रम सामान्य भए पनि ‘श्रि’ मा लाग्ने ह्स्व इकाईले फरक अर्थ राख्छ । श्री भनेको विष्णु, लक्ष्मीको नाम । जुन नाममा अहमता देख्छन् उनी । तर, त्यही श्रीको ह्स्व इकार हुँदा भने त्यो अहमता हटेर जान्छ । अहिले बिक्रम श्रि भन्दा नाम भयानक लाग्दैन उनलाई । इगोलाई टास्ने बित्तिकै सामान्य हुने गरेको उनको कथन छ ।