सुन्दरदुलारी (मोरङ) / पाँचवर्ष अघि आफ्नो भाइको हत्यामा संलग्नलाई छुटाउन प्रहरी र केही राजनीतिक दलहरु लागेको सुन्दर हरैचा ६ मोरङका ज्ञानबहादुर राईले आरोप लगाएका छन् । नेता र प्रहरीको छोराले आफ्नो भाइको हत्या गरेको र अहिले वेलवारी प्रहरीले हत्यारा पक्राउ गरे सँगै हत्याराका बाबुहरु हत्यारा छुटाउँन लागी परेको उनको आरोप छ । २०६९ साल जेठ १२ गते सिद्धार्थ सामुदायिक बन साविक सुन्दरपुर ४ मा राजकुमार राईको स्थानीय गणेश भनिने सरुन गुरुङ, यादब श्रेष्ठ, दिपन मोक्तान लगायतका समूहहरुले छेकी छेकी खुकुरी प्रहार गरी हत्या गरेको थियो । हत्यारा तिनै जनालाई प्रहरीले पक्राउ गरे पनि दिपेनको बुबा भगवान मोक्तान र यादवका बुबा मानबहादुर श्रेष्ठले आर्थिक प्रलोभनमा हत्यारा छुटाएको पीडित पक्षको दाबी छ । भगवान नेपाली कांग्रेसका नेता हुन् भने मानबहादुर नेपाल प्रहरीमा सई पदमा कार्यरत छन् । प्रहरीका सई मानबहादुर र नेता भगवानले गण्ोश गुरुङलाई मात्र दोषी देखाई छोराहरु छुटाउँन खोजको पीडित परिवारको आरोप छ । इलाका प्रहरी कार्यलय बेलबारीले अपराधीहरु पक्राउ गरे पनि हालसम्म घट्नाको मुचुल्का नगर्नुले प्रहरीको ब्यवहारसमेत शंकाको घेरामा रहेको बताएका छन् । मृतक पीडितका छिमेकी सुवित लिम्वुले प्रहरीले घट्नाको मुचुल्का नगर्नु शंकास्पद भएको आरोप लगाउँदै तत्काल घट्नाका मुचुल्का गरी दोषीलाई हदै सम्मको कारबाहीको माग गरेका छन् । पहुँचवालाहरुले कानुनलाई नै चुनाती दिन थालेको भन्दै घट्ना स्थलमा गएर सर्जिविन मुचुल्का गरीनु पर्ने र दोसी तिनै जनालाई सर्वस्वहरण सहित जन्मकैदका सजाय हुनु पर्र्ने पीडितहरुको माग छ । इलाका प्रहरी कार्यलय बेलावारीले उनीहरुलाई पक्राउ गरी ल्याए सँगै चलखेल हुन सक्ने भन्दै आफुहरुलाई न्याय दिन उनीहरुले माग गरेका छन् । त्यस वेलाका प्रत्यक्षदर्शी खड्गबहादुर तामाङले राजकुमारको हत्यामा तिनै जना संलग्न रहेको दाबी गरे । फुटबल खेल भइरहेको र हाफ टाइममा राजकुमारलाई खेदाई खेदाई खुकुरी प्रहार गरी निर्मम हत्या भएको थियो । यता इलाका प्रहरी कार्यलय बेलवारीका इन्स्पेक्टर रामजी कटुवालले आफूले पुराना मुद्धा खोज्ने क्रममा पक्राउ गरेको बताए । त्यती खेरका घट्नामा केही अन्य ब्यक्तिहरु पनि छन् भनेर हालसम्म सार्वजनिक नगरेको बताए । उनले त्यो बेलाका मुचुल्दा सर्जिविन नगरे पनि इन्स्पेक्टर कटुवालको दोषी कुनै हालतमा नछुट्ने बताए । पुरानो घट्नाका फरारहरुको खोजी भइरहेको बताउदै राजकुमारको हत्यामा अन्य पनि संलग्न रहेको उनको भनाइ छ । तीनजना पक्राउसगै केही उपलब्धी हात परेको र अझै थप अनुसन्धान हुने इन्स्पेक्टर कटुवालले बताए ।