काठमाडौं/ सिके राउत फेरि पक्राउ परेका छन्। स्वतन्त्र मधेश अभियान चलाएका सिके राउत माथी राजद्रोहको मुद्धा लागेको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीको कमाण्डको खटिएको टोलीले राउतलाई मकवानपुरको हेटौँडाबाट पक्राउ गरेको हो।

स्वतन्त्र मधेस गठबन्धका संयोजक समेत रहेका राउतलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देही पुर्याएको छ।

थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।