तरहरा ( सुनसरी)/पछिल्लो समय पूर्वी नेपालको सुनसरी जिल्लामा लागुऔषध कारोवार र प्रयोगकर्ताको संख्या बढ्दै गएका छन् । भर्खरका युवा युवतीहरु साथी भाईहरुको लहेलहैमा जानेर वा नजानेर यसमा फस्दै गएको प्रहरी बताउछ ।

इलाका प्रहरी कार्यलय इटहरीले मंगलवार इटहरीको एक कपाल काट्ने सैलुनबाट लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ । जोगवनी हुदै ल्याएको लागुऔषध सुनसरीको धरान इटहरी लगायतको ठाँउमा बिक्री वितरण गर्ने सप्तरीका प्रसवनीका ३९ वर्षीय झौलाई चौधरी र इटहरी ४ को २७ वर्षीय प्रमोद ठाकुरलाई सैलुनबाट ठुलो परीणामको लागु औषधसहित पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।
९५ वोतल कोरेक्स,५ सय ५६ पिस स्पामो पोक्सीमन र १ सय ५० पिस नाईटोजन ट्याप्लेट सहित १ लाख १४ हजार ४ सय रुपैयाँ सहित उनीहरुलाई इटहरी आईतवारे रोडमा रहेको कपाल काट्ने शैलुनबाट पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ । लागुऔषध कारोवार घट्ने क्रम रोकिएको छैन भने युवा पुस्ताहरु यसको जालो झन झागिदै गएको प्रहरी समेत स्वय स्वीकारर्छन् । युवा पुस्ताहरुमा यसको प्रयोग बढ्दै गएको र यसका लागि नियन्त्रणको प्रयास भईरहेको इटहरीका डिएसपी सुवेदीको भनाई छ । ‘तुलानात्मक रुपमा कारोवार र प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ, यसलाई नकार्न सकिन्न, सुवेदीले भने, ‘व्यक्तिहरु पक्राउ परेपछि पनि प्रयोगकर्ताको संख्या बढी देखिएको हो ।’
भारतमा ९८ रुपैयाँ भारुमा पाईने कोरेक्सलाई लागुऔधष कारोवारीहरुले १ हजार सम्ममा विक्रि गर्ने गरेको प्रहरीले बताएको छ । ‘हामी अहिले इटहरीलाई लागु औषध रहित बनाउँन चाहान्छौ’ डिएसपी सुवेदीले भने । केहि समय अगाडी सुनसरीबाट एम्वुलेन्समा समेत लागु औषध कारोवार गरेको प्रहरीले भेटेको थियो ।
लागु औषध प्रयोगकर्ताको उमेर समुह हेर्ने हो भने बढी मात्रामा पक्राउ परेका १६–२५ उमेर समुहका रहेका छन् । सुनसरी जिल्ला पछिल्लो समय लागुपदार्थ ओसार पोसार तथा प्रयोगकर्ताको ट्रान्जिट प्वाइन्ट बन्दै गएको तलको तथ्याङकले पनि देखाएको छ । खुल्ला सिमानाका कारण लागुपदार्थको व्यापार बढी हुने क्षेत्रीय प्रहरी कार्यलय विराटनगरका प्रहरी प्रवक्ता सन्तोष निरौलाले वताए । सीमावर्ती भारतीय बजारमा खुलम खुल्ला रुपमा लागु औषधको कारोबार हुदा त्यसको प्रभाव जिल्लामा हुने गरेका उनको भनाइ थियो । उनले अहिले प्रयोगकर्ताहरु जोगवनी नै गएर खाने गरेको समेत वताए । सुनसरीमा करीव ७ हजार लागु औषध प्रयोग कर्ता रहेका छन ।
पूर्व क्षेत्रीय प्रहरी कार्यलयले आथिर्क वर्षको फागुन सम्म ५ सय ८८ जना लागुऔषध कारोवारी तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरेको छ । ७ सय ९० केजी गाजा , २६ ग्राम ५ सय ६५ मिलिग्राम अफिम , ७ सय ६ ग्राम वाउन सुगर, ५ हजार ५६ थान स्पामोप्रोक्भिन र १५ थान नर्फिन, २ हजार २ सय ९२ एम्पुल एभिल, ३ केजी चरेश, २ हजार ५१ ट्यावलेट नाईट्रोसन, ८ हजार २ सय ९९ वोतल कोरेक्स १ हजार ३ सय ७२ फेनारगन, २ हजार ५ सय ५२ एम्पुल लुपिजेसिक, ४ हजार ५ सय ८२ एम्पुल डाईजेल्याप र १ सय ४८ ग्राम हिरोइन बरामद गरेको छ ।