बिर्तामोड / आफुलाई जिल्ला प्रहरी कार्यालयको घुमुवा भन्दै ब्यापारीबाट रकम असुल्ने एकजनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीले मेचीनगर नगरपालिका–७ का देवराज राईलाई बिर्तामोडमा रकम उठाइरहेको अवस्थामा पक्राउ गरेको हो । प्यान नम्बर नराखेको भन्दै राईले स्थानीय ब्यापारी, होटल तथा पसल व्यवसायीबाट रकम असुलेको प्रहरीको भनाइ छ । होटल तथा पसलमा प्यान नम्बर नराखेकोले मिलाइदिने भन्दै उनले ब्यापारीबाट रकम असुलेको बिर्तामोड प्रहरीका इन्स्पेक्टर प्रकाश जवेगूले बताए । प्रहरीले पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान शुरु गरेको जनाएको छ । बोका चोर पनि पक्राउ यता बोका चोरेको आरोपमा प्रहरीले बुट्टाबारीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा–११ बस्ने लेखकुमारी पुरीको बोका चोरेको अभियोगमा धनकुटाको हिले घर भएका योगेश राईलाई तीनवटा बोकासहित पक्राउ गरेको हो । बोकासहित अभियुक्तलाई इप्रका बिर्तामोडमा राखेर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।