काठमाडौं/ आफ्नै प्रेमिबाट काठमाडौंमा नर्स बलात्कारमा परेकी छिन् । मुगु घर भई कपन साततले बस्ने प्रकाश मल्लले पेशाले नर्स रकेही प्रेमिकालाई बलात्कार गरेका हुन् । घटना गत ५ चैतको हो ।

मल्लले प्रेमिकालाई भेट्न कपन बोलाएका थिए । भेटघाटको क्रममा उनीहरुबीच झगडा भएको थियो । झगडापछि मल्लले प्रेमिकाको मोबाइल खोसे । मोबाइल लिएर नजिकै रहेको आफ्नो डेरामा गए । मोबाइल चाहिए आफ्नो डेरामा आउनु भन्दै बोलाएर उनले बलात्कार गरेको बौद्ध प्रहरीले जनाएको छ ।

प्रेमिका टाढिन खोजेपनि प्रतिशोधस्वरुप उनले बलत्कार गरेको अनुसन्धानमा आबद्ध महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब निरीक्षक सइ रमेश श्रेष्ठले बताए ।

घटनाको दोस्रो दिन युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । तेस्रो दिन प्रहरीले मल्ललाई पक्राउ गरेको हो । पीडित नर्स नेपाल मेडिकल कलेजमा कार्यरत थिइन् । युवक बिद्यार्थी हुन् ।