भारत तथा चीन उत्तर र दक्षिणका दुई ठूला शक्तिशाली छिमेकी हुन् । कुनै न कुनै रूपमा यी यी दुवै देशको नेपालमा प्रभाव रहँदै आएको छ । तर मुख्य कुरा नेपालको हित हेरेर कसरी नकारात्मक प्रभाव घटाउने र सकारात्मक प्रभावलाई कसरी बढाउने भन्ने मुख्य कुरा हो । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल चीन जाँदैछन् । चीन तथा नेपालका प्रधानमन्त्रीबीच हुने राजनीतिक भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सुशील कोइराला सरकारमा हुँदा नेपालको छिमेक नीति धेरै असन्तुलित भएको कुरालाई नकार्न सकिँदैन । केपी ओली प्रधानमन्त्री भएका बेला भारतको नाकाबन्दीका कारण नेपाल चीनतर्पm ढल्किएको थियो । फेरि भारतको अनुकूलमा बनेको भनिएको काङ्ग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा भारततिर बढी झुकाव देखिएको बेला नेपालका प्रधानमन्त्रीको उच्चस्तरीय चीन भ्रमण यतिबेला चर्चामा छ । रफ्तारमा भारततिर भइरहेका उच्च स्तरका भ्रमणपछि प्रधानमन्त्रीको चीन भ्रमणले छिमेक सम्बन्धमा केही सन्तुलन ल्याउने अपेक्षा गर्न सकिन्छ । यसले चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने कुरामा दुईमत छैन ।

निश्चय नै नेपाल हरेक क्षेत्रमा भारतकेन्द्रित हँुदै आएको छ । व्यापार, आयात–निर्यातलगायत विषयमा भारतमा मात्र निर्भर रहँदा बेलाबेलामा नेपाली नागरिकले पीडा समेत खेप्दै आएका छन् । एउटा छिमेकीसँग टाँसिएर अर्को छिमेकीलाई पराइ व्यवहार गर्नु उचित मानिँदैन । छिमेक नीति अर्थात् भारतमा मात्र केन्द्रित नभएर चीनलाई समेत सन्तुलनमा राख्नु सरकारको दायित्व हो । सबै छिमेकीसँग सामान व्यवहार गर्ने अधिकार नेपाललाई छ । यसमा भारतले कुनै पनि मानेमा टाउको दुखाउनु हुँदैन ।

प्रधानमन्त्रीको चीन भ्रमण छोटो समयमा तय भएको छ । एउटा औपचारिक भ्रमणको तयारी अपरिहार्य हो । तयारीविनाको भ्रमण उपलब्धीपूर्ण हुने अपेक्षा गर्न सकिँदैन । एक दिनको समय बाँकी छ। ‘वान बेल्ट वान रोड’ को अवधारणादेखि व्यापार, पारवहन, लगानी आदि विषयमा व्यापक छलफल गरेर चीनसँग सहकार्य गर्नु नेपालका लागि उपलब्धीपूर्ण हुनेछ । प्रधानमन्त्री दाहालले आप्mनो भ्रमण उपलब्धीमूलक र सन्देशमूलक बनाउनु वाञ्छनीय हुनेछ ।