कोकाकोला कम्पनीले आफ्नो तर्फबाट सन् २०२० सम्ममा ५० लाख महिलाले आर्थिक उन्नतिमा योगदान दिने प्रतिबद्धता सहितको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

यसको लागि कोकाकोलाले खुद्रा विक्रेता र वितरकसँग महिलाहरूको व्यापारिक लक्ष्य र व्यक्तिगत सिपलाई केन्द्रमा राखेर काम गरिरहेको छ । विश्वभर यो कार्यक्रमबाट १२ लाख बढी महिलाहरू लाभान्वित भएका छन् ।

नेपालमा बोटलर्स नेपाल लिमिटेडले खुद्रा व्यवसाय गर्ने महिलाहरूलाई उत्कृष्ट व्यवसायका लागि विभिन्न किसिमका तालिम तथा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बोटलर्स नेपालले यो कार्यक्रम तथा तालिममा सहभागी भएका महिलाहरू कोकाकोलाले पहल गरिरहेको ५० लाख महिलाहरू मध्येकै भएको जनाएको छ ।

राधा सुवेदीले बालाजुमा समिप स्टोर नामक सानो व्यवसाय विगत पाँच वर्षदेखि सञ्चालन गरिरहेकी छिन् । गत वर्ष उनी यस्तै एक तालिममा सहभागी भइन् । राधाले भनिन् “उक्त तालिमले व्यवसायको आधारभूत कुराहरू बुझ्न निकै सहयोग पुर्‍यायो साथै व्यवसायलाई स्थिर र दीर्घकालीन बनाउन पनि निकै सघाउ पुर्‍यायो ।”

कोकाकोलाको यो पहल अन्तर्गत आजसम्म तीन हजार बढी महिलाहरूले तालिम लिइसकेका छन् । २०२० सम्म दश हजार पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ ।

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक पुनित वार्सनी भन्छन् “व्यवसाय सानो ठुलो जस्तोसुकै होस् यो पहलले महिलाहरूलाई फाइदा र व्यवसाय विस्तारका लागि निकै आशा जगाएको छ । कोकाकोलाले महिलाहरुसँग निकै नजिक रहेर कार्यक्रम अगाडि बढाइरहेको छ । यसले व्यवसाय विस्तारमा मात्रै नभएर ठुला योजना बनाउन र नेतृत्व गर्न आत्मसिवश्वास जगाएको छ ।”

कोकाकोला कम्पनीका महिला आर्थिक उन्नति कार्यक्रमका निर्देशक ज्याकी डफका भन्छन् “हामीले केन्द्रमा राखेका खुद्रा व्यापारी नै व्यवसायका मेरुदण्ड हुन् । केही महिलाहरूले त जीवनमा आधारभूत शिक्षा समेत लिएका छैन् । तिनीहरूले समेत यो पहलबाट व्यवसाय सञ्चालन, नगद कारोबार, किनबेच, व्यवसायको सुरक्षालगायतका विषयमा तालिम लिएका छन् । जसले उनीहरूको व्यवसाय विस्तार गर्न निकै ठुलो सहयोग पुर्‍याउँछ । यो पहलका लागि हामीसँग विभिन्न १३ तहका कार्यक्रमहरू रहेका छन् । यो पहलबाट उनीहरू कति सबल र सक्षम भए भन्ने कुराको प्रतिक्रिया पनि हामीले लिइरहेका छौँ ।”

अन्तर्राष्ट्रिय नारी दिवसको एउटा भागको रूपमा मार्च महिनाभर बोटलर्स नेपाल लिमिटेडले सफल र स्थापित महिलाहरुसँग अन्तक्र्रियात्मक कार्यक्रम गर्नेछ । कार्यक्रमका दक्षिण पश्चिम एसियाका उपाध्यक्ष सुमन्त दत्तले भने “यो पहल कार्यक्रम नेपालमा सन् २०१३ मा सुरुवात भएको हो । यो विशषगरी महिला उद्धमीको उन्नति र समानताका पक्षमा केन्द्रित रहेको छ ।”