श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल असार १७ गते मङ्गलबार, १ जुलाई २०२५,सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको षष्ठी तिथि १२ः२८ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  पूर्वफाल्गुनी  ११ः३९ बजे सम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०७ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आँटले सजिलै लक्ष्यमा पु¥याउनेछ। सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । मिहिनेतले काम सम्पादन हुनुका साथै प्रतिफल प्राप्त हुनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ। मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।अध्ययनमा प्रगति हुनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। समाज सेवामा रुचि बढ्नेछ ।