पाल्पा/ रामपुर खयरबोटकी सरिता नेपालीले मिस्त्री काम गरेर चार सन्तानको लालनपालन र पढाइ खर्च जुटाउँदै आएका छन् ।
नेपालीलाई मिस्त्री काम गरेर एक दिनमा बुझेको पाँच सयले घरको गुजारा चलाउन र छोराछोरीको पढाइ खर्च चलाउन त्यती सजिलो छैन ।
“जागिर गर्न पढ्न सकिएन, गाउँमा ठूलाठूला उद्योग, कलकारखाना छैनन्, पाखुरा चल्दासम्म मिस्त्री काम गरेरै भए पनि गुजारा चलाउनुपप्यो”, नेपालीले भने ।
रामपुर सानीअमराईकी धनमाया दरैले मिस्त्री काम गरेर चारजना छोराछोरीको पालनपोषण, पढाइ खर्च र बिरामी श्रीमान्को औषधि उपचार गर्न बाध्य छन् । उनले दिनमा मिस्त्री काम गरेर चार सय रुपैयाँ बुझ्ने गरेको बताए ।
रामपुर नगरपालिका–११ रानीबासकी सबिरन मियाँलाई मजदुरी काम नगरेसम्म साँझबिहान हातमुख जोर्ने अरू कुनै उपाय छैन । उनी बिहान ९ देखि साँझ ५ बजेसम्म घर बनाउने मिस्त्री काम गर्छन् । आजभन्दा २० वर्ष पहिले प्रेम सम्बन्धमा बाँधिएर घरजम गरेकी मियाँले श्रीमान्ले वास्ता गर्न छाडेपछि तीनजना छोराछोरी हुर्काउन र पढाउन निकै धौधौ पप्यो । अहिले उनी मेलापात, मिस्त्री काम गरेर साँझबिहान छाक टार्दै आएका छन् ।
दिनभर मिस्त्री काम गरेर कमाएको रु पाँच सयले साँझबिहान मुस्किलले हातमुख जोर्ने गरेको उनले बताइन् । “पहिलाको समयमा महिलाले मिस्त्री काम गदैन थे, अहिले बाँच्नै पप्यो जे सकिन्छ त्यही गर्नैपप्यो”—“दश वर्ष भयो श्रीमान्ले हेर्दैनन्, खेती गरेर खाने जग्गा छैन, श्रीमान्ले दिएको सात आना जग्गा नागरिकता नबनाई दिँदा आफ्नो नाममा नामसारी पनि गर्न पाएको छैन”, उनले भनिन् ।
उनले सिमेन्ट घोल्ने, तारजाली बुन्ने, घरमा इँट्टाको गारो लगाउने लगायतका काम गर्छन् ।
आर्थिक अभावकै कारण गत वर्ष एसएलसी उत्तीर्ण गरेकी छोरीको उच्च शिक्षा पढ्ने रहर हुँदाहुँदै पढाउन नसकिएको र ७ कक्षामा पढ्दै गरेको छोराको पढाइ खर्च पुप्याउन नसकेपछि भारततिर मजदुरीका लागि पठाउन बाध्य भएको मियाँले दुःखेसो पाेखे ।
अधिकांश घर, भवन निर्माण गर्ने कार्यमा संलग्न महिलाले पुरुषसरह समान काम गरे पनि ज्यालामा पुरुषको तुलनामा आधा बुझ्ने गरेको पाइएको छ ।
एक दिनमा मिस्त्री काम गरेबापत एक जना मिस्त्रीले चार सय देखि आठ सयसम्म रकम बुझ्ने गरेको सल्यानदेखि रामपुरमा मजदुरी गर्न आएका डिल्लीराम रेउले बताए । सीप र मिहेनतका हिसाबले महिला पनि पुरुषसरह नै जुनसुकै काममा सक्रिय छन् । तर पनि महिलामाथि कुदृष्टि राख्ने, महिलालाई उपेक्षाले हेर्ने, त्यसै माथि समान काम ज्यालामा विभेद भने हाम्रो समाजमा विद्यमान कायम नै छ ।