क्वालालम्पुर/ उत्तर कोरियाली नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्या नाटकीय रुपमा भएको रहस्य बाहिर आएको छ । उनको हत्यामा संलग्न युवतीले आफूले यसका लागि ९० डलर अर्थात करिब ४ सय मलेसियन रिङगिटस् मात्रै लिएको बताएकी छन् ।kim-jong-nam हत्या आरोपमा पक्राउ परेकी इन्डोनेसियाकी २५ वर्षीय युवती सिती आइसियासँग मलेसियास्थित इन्डोनेसियाली दूतावासका अधिकारीहरुल राजधानी क्वालालम्पुरमा बयान लिएका थिए । कुराकानीका क्रममा उनले आफूलाई किम जोङ नामको अनुहारमा ‘नवजात शिशुको तेल’ पोत्ने मजाक गर्ने भिडियो (प्रांक भिडियो) का लागि ९० डलर दिएको बताएकी छन् ।

उनको भनाईअनुसार किम जोङ नामको हत्या षढयन्त्रपूर्वक गराएको र हत्यारालाई समेत फसाएको देखिएको छ । अनुसन्धानबाट अत्यन्तै नर्भ एजेन्ट भीएक्सबाट किमको हत्या भएको थियो । संयुक्त राष्ट्रसंघले नर्भ एजेन्ट भीएक्सलाई नरसंहारकारी हतियार घोषित गरेको छ । कुनै समय उत्तर कोरियाको शासनका उत्तराधिकारी मानिएका किम जोङ नामको गत साताको सोमबार मलेसियाको क्वालालम्पुर एयरपोर्टमा दुई महिलाले विशालु पदार्थले आक्रमण गरी हत्या गरेका थिए । नामको हत्याकापछि उत्तर कोरियाको हात रहेको अनुमान गरिएको छ ।