जनकपुर/ जनकपुरमा छुरा प्रहारबाट जनकपुर उपमहानगरपालिका–१६ कपलेश्वरका २० वर्षका मोहम्मद सलिम नदाफ घाइते भएका छन्।
शनिबार बिहान ११ कजे क्रिकेट खेल्ने क्रममा स्थानीय १८ वर्षका गोपाल ठाकुरले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते नदाफको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
छुरा प्रहार गर्ने ठाकुरलाई पक्राउ गरेको र घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।