काठमाडौं /प्रहरीले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नक्कली सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाउने दुई बिचौलियालाई नगदसहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरबाट सादा पोसाकमा ग्राहक बनेर गएका प्रहरीले सिन्धुली घर भई इमाडोल बस्ने रामबहादुर स्याङ्तान र गोकर्णेश्वर बस्ने धडन बललाई पक्राउ गरेका हुन् ।
उनीहरुको साथमा ८३ हजार ५० रुपैयाँ समेत बरामद भएको छ । जावलाखेलका प्रहरी प्रवक्ता इश्वर कार्कीले बिचौलियाले विदेशबाट प्राप्त भएका र्लासेन्ससमेत नेपालीकरण गर्ने भनी किर्ते कागजात देखाएर ठगी गर्ने गरेको बताए ।