काठमाडौँ/ नेपाल पत्रकार महासङ्घका पूर्वकोषाध्यक्ष पत्रकार शीतल साहमाथि आज जनकपुरमा भएको साङ्घातिक आक्रमणप्रति प्रेस चौतारी नेपालले घोर भत्र्सना गरेको छ ।

“बन्दको रिपोर्टिङकै क्रममा पत्रकार साहलाई आज दिउँसो २ बजे जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ताले आक्रमण गरेका हुन्, नागरिक दैनिकका जनकपुर संवाददाता सुरेश यादवको मोटरसाइकलमा थापा चोक हुँदै वाहबिगाहा मैदानतर्फ जाँदै गर्दा पछाडिबाट आक्रमण गरेर साहलाई गम्भीर घाइते बनाएका हु्न, घाइते साहको जनकपुरमा उपचार भइरहेको छ”– प्रेस चौतारी नेपालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

चौतारीले पत्रकार साहमाथि आक्रमण गर्ने दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न र उपचारको व्यवस्था मिलाउन र पत्रकारको स्वतन्त्रपूर्वक समाचार सङ्कलन तथा सम्प्रेषणको वातावरण बनाउनसमेत माग गरेको छ ।