धरान /  सप्तरी र इलाममा भएका छुट्टाछुट्टै दुर्घटनामा २४ जना घाइते भएका छन् ।  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको जन्डोलमा सोमबार भएको माइक्रोबस दुर्घटनामा परी १६ जना यात्रु घाइते भएको संवाददाताले जनाएका छन् । घाइते हुनेहरूमा सुनसरीको सोनापुर–२ का वीरेन्द्र शाह, उनकी पत्नी मधुदेवी शाह, रामनगर भुटाहा–७ का मोहम्मद नजिव र मोहम्मद सुभान मियाँ, मोरङको केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ रङ्गेली नगरपालिका–५ का रमेशकुमार शाहलगायत १६ जना रहेको रुपनी इलाका प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा भर्ना गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट काँकडभिट्टातर्पm जाँदै गरेको बा.३ ख ८२८७ नम्बरको हाइस माइक्रोबस आपैmँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । फरार रहेका माइक्रो चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । यता मेची लोकमार्गअन्तर्गत इलामको कोलबुङ गाविसमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा आठजना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । झापाबाट रुखका गोलिया लिन इलाम आउँदै गरेको ना.३ ख ६०६० नम्बरको ट्रक सडकबाट करिब ३० मिटर खसेर दुर्घटना भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते हुनेमा ट्रक चालक झापा कन्काई नगरपालिका–८ का ४२ वर्षे समशेर राई छन् । कन्काई नपा–२ का राजेश राई, विनोद तामाङ, प्रणीण पौडेल, धाइजन–६ का रञ्जित विक, सुमन पौडेल, विवेक सुब्बा र धुलाबारी–७ का सविन घिमाल घाइते भएको प्रहरी इन्स्पेक्टर शिवकुमार बुढाथोकीले जानकारी दिए । घाइते सबैको झापाको बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुने सबै ट्रकमा सामान लोड–अनलोड गर्ने कामदार रहेका छन् ।