धरान/ सरकारले नेपाल प्रहरीको रोलक्रम मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न लागेको छ । श्रोतका अनुसार गृहमन्त्री बिमलेन्द्र निधिले आइजीपी हुने पहिलो रोलक्रममा रहेका डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउने पक्षमा थिए ।
तर गृहमन्त्री निधिका पार्टि सभापती शेरबहादर देउवाले तेश्रो रोलक्रममा रहेका जयबहादुर चन्दलाई आईजीपी बनाउने अडान राखेपछि गृहमन्त्री र देउवा बिच बिबाद बढेको थियो ।
देउवाले चन्दलाई आइजीपीमा नियुक्ति नगरिए गृहमन्त्रीलाई फिर्ता बोलाउने सम्मको हदमा पुगेपछि गृहमन्त्री निधीले डिआइजी चन्दको नाममा टिप्पणी उठाउन गृह सचिबलाई निर्देशन दिएका छन् । आईतबार बस्ने क्याबिनेट बैठकले चन्दलाई आइजीपी नियुक्त गर्ने श्रोतले बताएको छ ।