विजयपुर/ धरान–२२ मा भरुवा बन्दुकसहित पक्राउ परेका तीनजनाविरुद्ध इलाका प्रहरी कार्यालय धरानले कारवाही प्रक्रिया अघि बढाएको छ । गत शनिबार खैरेनी जङ्गलबाट एक थान भरुवा बन्दुकसहित धरान–२२ बस्ने वीरु लिम्बू, निश्चल राई र पर्वत राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरी चौकी पानबारीको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको थियो । इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले पक्राउ परेकाविरुद्ध हतियार खरखजना ऐनअनुसार मुद्दा अगाडि बढाइएको जानकारी दिए ।