चतरा/पञ्चायत कालमै चतरा–धरान १७ किलोमिटर सडकखण्ड कालोपत्रे बनिसकेको भनेर राष्ट्रिय योजना आयोगमा उल्लेख भएपनि कालोपत्रेचाहिँ अभैसम्म बन्न सकेको छैन ।चतरा–धरान सडकखण्ड कालोपत्रेको लागि बजेट निकासा भएर काम थालिए पनि ठेकेदारको सुस्तता र लापरवाहीले गर्दा कालोपत्रेले पूर्णता नपाएको स्थानीयहरू बताउँछन् ।
दुई वर्षअघि नै कालोपत्रे निर्माण भइसक्नुपर्नेमा ठेकेदारको मनोमानीले ढिलाइ हुँदा धुलो उडेर स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि वराहक्षेत्रवासी आक्रोशित बनेका छन् । ‘बाटो बनाएको हो कि बिगारेको हो, बुझ्नै गाह्रो छ’, एक स्थानीयले बताए । सवारी साधनको आवतजावत हुँदा सडकमा छरिएको गिट्टी उछिट्टिएर मान्छेलाई लाग्ने डर रहेको स्थानीय मोहन राई बताउँछन् । ‘काम रोकिएको छ, ठेकेदारको अत्तोपत्तो छैन’, राईले भने । कालोपत्रे होला र सहजरूपमा चतरा–धरानको यात्रा होला भन्ने पर्खाइमा रहेका स्थानीयहरू भने धुँवा र धुलो सहन बाध्य छन् ।चतरादेखि धरानसम्मको १० किलोमिटर सडक कालोपत्रे गर्नको लागि ८ करोड ४२ लाख रूपैयाँमा हजमुल अन्सारीले ठेक्का लिएका छन् ।
अन्सारीले ६० प्रतिशत काम भइसकेको र आगामी फाल्गुन मसान्तसम्ममा निर्माण कार्य पूरा हुने दाबी गर्दै आएका छन् । तर सडक कालोपत्रेका लागि बिछ्याइएको गिट्टी अहिले नै सडकबाट उक्किएर सडक चिराचिरा बनिसकेकोले कालोपत्रेले पूर्णता नपाउने शङ्का स्थानीयको छ ।समयमा बजेट निकासा नहुनु, सडक विभागका कर्मचारीहरूको सरूवा हुनु, मधेश आन्दोलन एवम् नाकाबन्दी आदिको कारण निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले दाबी गर्दै आएको छ ।‘रोकिएको छैन, काम भइरहेको छ’, ठेकेदार अन्सारीले बताए । चतरा–धरानको सडकमा पर्ने पटनाली, बगुवा, सर्दू लगायतले ओगटेको सडक भने कालोपत्रे गर्ने योजनामा नरहेको पनि ठेकेदार अन्सारीले बताए ।
बि. सं २०७१ सालमै कालोपत्रे भइसक्नुपर्ने सडकखण्ड शुरू गरेको यतिका वर्ष बितिसक्दा समेत अभैm नबन्दा सम्बन्धित निकायले चासो देखाउनुपर्ने स्थानीय पुष्प बस्नेतले बताए । ‘अलिअलि लगाएको कालोपत्रे झन्झन् बिगिँ्रदै गएको छ’, बस्नेतले भने ।चतरा–धरान सडकखण्ड कालोपत्रे बनेपनि वर्षाको समयमा भने चतराबासीले सर्दू, पटनाली, बगुवा खोलामा बाढी आउँदा धरानसम्मको यात्रा गर्न सहज नरहने अवस्था विद्यमान छ ।राष्ट्रिय योजना आयोगमा कालोपत्रे बनिसकेको उल्लेख भएपनि नबनेको यो सडक सडकखण्डको लागि सरकारले पुनः योजना तर्जुमा ल्याएर निर्माणको लागि बजेट निकासा गरेको थियो ।