डाँडाबजार/ पानीका कारण विकासमा बाधा भएको हेर्न धनकुटाबाट ४७ किलोमिटर पूर्व–दक्षिण गाविस डाँडाबजार गए पुग्छ जहाँ कृषिको सम्भावना प्रबल छ तर पानीको अभावले यहाँका कृषकहरुलाई चार महिनाभन्दा बढी वैकल्पिक आयआर्जनमा लाग्नुपर्ने बाध्यता छ । दक्षिण–उत्तर पैmलिएको डाँडाबजार तरकारीको भण्डारको रुपमा रहेको छ जहाँ मुला, पूmलकोपी, बन्दाकोपी, सिमी, अकबरे खोर्सानी, काँक्रा, गोलभेँडालगायतका तरकारीहरु उत्पादन हुने गरेका छन् ।
यसले धरानलाई थोरै भए पनि भरथेग गरेको स्थानीय बताउँछन् । तर, मङ्सिरदेखि चैतसम्म सुख्खा हुने कारण अन्य वैकल्पिक उपायहरु (जस्तैः बाख्रापालन, गाईपालन) मा व्यस्त हुनुपर्ने बाध्यता रहेको कृषक महेन्द्र घिमिरेले बताए । डाँडाबजारवासीले खानेपानीको लागि समेत पाँच सय मिटर टाढा रहेको थोट्ने खोलाबाट तानेर (लिप्mटिङ गरेर) ल्याउने गरेका छन् । त्यही खोलाको भरमा डाँडाबजारको खानेपानीको आवश्यकता टरेको छ । झण्डै १ सय ५५ घरधुरी रहेको डाँडाबजार–१ का बासिन्दा चर्को विद्युत् महसुल तिरेर खानेपानी ल्याउँछन् । १ सय ५५ घरधुरीमा पानी खाने परिवारको सङ्ख्या भने २ सय २० रहेको डाँडाबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमारजङ्ग याक्खा बताउँछन् । डाँडाबजारमा पूर्वाधारको कमी छैन ।
यहाँ एउटा उच्च मावि, एउटा निजी बोर्डिङ स्कुल, सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र, प्रहरी चौकी, कृषि विकास बैङ्क र विभिन्न गैरसरकारी संस्थाहरु छन् जसले डाँडाबजारको विकासमा टेवा पु¥याइरहेका छन् । तर, पानीको अभाव हुने हुँदा कृषिबाट जीविकोपार्जन गर्नेहरुलाई वर्षभरि धान्न धौधौ हुने गरेको छ । ‘आठ महिना कमाएकोले १२ महिना चल्नुपर्छ’, डाँडाबजारका कृषक घिमिरे भन्छन्, ‘चार महिना त्यसै बिताउनुपर्छ जसले गर्दा घरखर्च धान्न गाह्रो हुन्छ ।’पर्यटकीय दृष्टिकोणले डाँडाबजार उत्कृष्ट गन्तव्यमा पर्छ जहाँ २ हजार ४७ मिटर उचाइको ध्वजेडाँडा छ । ध्वजेडाँडा सूर्योदयको दृश्य हेर्न मात्रै प्रख्यात छैन, १६ वटा जिल्ला देख्न सकिने डाँडाको रुपमा समेत यो परिचित छ । उत्तरतिरको लोभलाग्दो हिम शृङ्खलाहरुसमेत यहाँबाट प्रष्टसँग देख्न सकिन्छ । सूर्योदय हेर्न सयौँको सङ्ख्यामा पर्यटकहरु यहाँ आइपुग्ने गरेका छन् जहाँबाट १६ जिल्लाका कुनै न कुनै भाग देखिने दावी डाँडाबजार पर्यटन विकास समितिका सदस्य धु्रव घिमिरे गर्छन् । उनका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथादेखि कुम्भकर्ण, मकालु, कञ्चनजङ्घाजस्ता हिमशृङ्खलाहरु देख्न सकिन्छ ।ध्वजेसँगै लाप्चेटारमा रहेको दक्षिण एशियाकै ठूलो वरको रुख, एशियाभीर, गिद्धभीरजस्ता पर्यटकीय स्थलहरुले डाँडाबजारको महत्व थपेको छ । पर्यटकहरुका लागि चार वर्ष अघिदेखि होमस्टेको (पाहुनाघर) समेत व्यवस्था गरिएको छ । ३५ घरमा होमस्टे सञ्चालित छन् तर प्रचारप्रसारको अभावमा होमस्टे राम्ररी सञ्चालन हुन नसकेको ललित याक्खा बताउँछन् ।
होमस्टे अन्य क्षेत्रको तुलनामा सस्तो र राम्रोसमेत रहेको याक्खा बताउँछन् । होमस्टेमा आउने पाहुनाहरुलाई मगर जातिको प्रख्यात नाच हुर्राले मनोरञ्जन गराउने गरिएको सीता घिमिरेले बताइन् । डाँडाबजारमा कहिलेदेखि बस्ती बस्यो । त्यसको कुनै लेखाजोखा छैन गाउँवासीलाई तर १९९७ सालदेखि सरकारी कार्यालयहरुको पहुँच बढेसँगै डाँडाबजार पूर्वको प्रमुख बजारको रुपमा परिचित हुन थालेको हो । कुनै बेला खाद्य संस्थानको समेत यहाँ पहुँच थियो । तर, बाटोघाटोको सुविधा भएसँगै त्यो विस्थापित भएको पूर्वगाविस अध्यक्षसमेत रहेका खानेपानीका अध्यक्ष याक्खाले बताए । पानीका कारण विकासमा बाधा पुगेको कुरालाई उनीसमेत नकार्दैनन् । ‘डाँडाबजार पुरानो बजार भए पनि विभिन्न कारणले पछि पर्दै गयो । त्यसमध्ये पानी पनि एउटा हो ।’
उनले भने । खानेपानीको लागि मात्रै प्रति ३ हजार लिटरको २ सय रुपैयाँ तिर्नुपर्छ डाँडाबजारमा । खानेपानी ल्याउन ३९८ मिटर भर्टिकल र स्लोपमा ९ सय २० मिटर लम्बाइमा खानेपानी वितरण गरिएको छ । यसबाट २२० परिवारको झण्डै एक हजार जनसङ्ख्याले पानी खाने गरेका छन् । प्रतिलिटर ६ पैसा पर्ने खानेपानी अन्य क्षेत्रको तुलनामा महङ्गो भएको उपभोक्ता समिति नै बताउँछ । आकाशे भरमा खेती गर्नुपर्ने बाध्यताका कारण डाँडाबजारवासी आजित छन् ।