धरान/पाँचकन्या र विष्णुपादुका गाविस गाभिएसँगै धरानको परिचय नगरपालिकाबाट उपमहानगरपालिकामा फेरिएको छ । दुई गाविस जोडिएसँगै भौगोलिक फैलावट समेत बदलिएको छ ।एक सय ३ दशमलव ३८ वर्ग किलोमिटरको पैmलावट अहिले एक सय ९२ दशमलव ६१ वर्ग किलोमिटरमा आइपुगेको छ । जनसङ्ख्याले उस्तै फड्को मारेको छ । तर, यति परिचयमै सीमित छैन धरान । धरान चिनाउने धेरै पाटाहरु छन् । जुन पाटाहरु धरानको स्मरणमा ‘नोष्टाल्जिक’ हुन सक्छ । तर, ताजा पनि उत्तिकै । धरानलाई चिनाउने धेरै अवयवहरु छन् । धार्मिक हिसाबले मात्रै हैन, साँस्कृतिक, भौगोलिक, राजनीतिक हिसाबले पनि धरान पूर्वको सेतु हो ।जनसहभागिताको उच्चतम् नमूनाको शहर धरान नै हो । जहाँ ब्रिटिस गोर्खाहरुको बसाइसँगै बाटो, बिजुलीबत्ती, ढलको निर्माण तीब्रतर भयो । र, धरानको नोष्टाल्जिक परिचयसामु नयाँ परिचय स्थापित भयो । गोर्खाहरुको शहर धरान, जहाँ जनसहभागिताको उच्चतम नमूना हेर्न देशभरका नगरपालिकाहरु लालायित हुन्छन् । पूर्वको पुरानो नगरपालिकामा दरिने धरान एक हो । धरान जसले पूर्वको पहाडी जिल्लालाई नुन खुवायो । सुन दिलायो । यो नगरपालिकालाई चिनाउन मठ–मन्दिर, साहित्य, सङ्गीत, नाटक, शिक्षा, खेलकुद र गोर्खा सैनिक बनिरहेका छन् ।
मठमन्दिर
धरानमा पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या लगायतका मन्दिर छन् । जहाँ दैनिक तीर्थालुहरुको भीड लाग्ने गर्दछ । नेपाल मात्रै हैन, भारतलगायत विभिन्न देशका तीर्थालुहरु यहाँको मन्दिरमा आइपुग्ने गरेका छन् । यी मन्दिरहरु बाहेक गुम्बाहरु पनि उत्तिकै छन् धरानमा । जहाँ विभिन्न देशबाट बौद्ध धर्मावलम्बी आइपुग्छन् । चर्चहरुको सङ्ख्या उस्तै छ भने मुश्लिमहरुको मस्जिदसमेत छ । सबै धर्मावलम्बी पाइने धरान भौगोलिक रुपमा सानो भएपनि मूर्ति भएको मन्दिरदेखि माटोको ढिस्कोमात्रै भएको बूढासुब्बा पनि यहीं छ । जसले धरानको गरिमालाई उँचो बनाइरहेको छ । यही मठ–मन्दिर धरानका साझा सम्पत्ति भएका छन् । जहाँ किरात, बुद्धिष्ट, हिन्दू, मुश्लिम, शिख, इसाई लगायतका धर्मावलम्बीहरु आ–आप्mनो आस्थाको केन्द्रमा धाउने गरेका छन् । २०६८ को जनगणना अनुसार एक लाख ३५ हजार ७ सय पाँच जनसङ्ख्या रहेको धरानमा सबै धर्मालम्बी अटाएका छन् ।
गीत–सङ्गीत
सङ्गीतको उर्वरभूमि हो भन्नलाई पहिलो गिटारिष्ट रमाकान्त खनाललाई हेरे पुग्छ । उनले वि.संं. १९९६ मै आपूmलाई स्थापित गराएका थिए । उनी गिटार मात्रै हैन, तबला, मादल लगायतका बाजामा समेत निपुण रहेको जानकारहरु बताउँछन् । त्यसपछि २०१२–२०१४ सालमा आइपुग्दा दीप श्रेष्ठ, जसले मेलोडियस गायकीमा आपूmलाई स्थापित गराएका छन् । श्रेष्ठले आप्mनो पहिचान जति उँचो राखेका छन्, उति नै धरानलाईसमेत चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । तीसको दशकमा ‘छपनीले छानछान, डबकीले हान’ बोलका गायक गंगा बरदानले धरान चिनाउन कुनै कसर छाडेनन् । उनले त बजारै घुमौं न धरानै बोलको गीतबाटै धरानको परिचयलाई जोडे । रमाकान्तदेखि हालसम्म आइपुग्दा नेपाली ब्रायन आडम्स सविन राईसम्मले धरानको परिचय बोकेर देश–विदेश घुम्ने गरेका छन् । सङ्गीतका पारखीहरु त्यति नै छन् धरानमा । ‘यहाँको सङ्गीतमा लोभिएर काठमाडौंकाहरुले धरानेलाई साथी बनाउने खोज्थे रे ’, नाट्यकर्मी राजेन्द्र रिमाल बताउँछन् । अहिले सङ्गीतमा पछिल्लो पुस्ता पनि उस्तैगरी छाउँदै गएको छ । एपी शेर्पा, हर्षु राई, राइमन राई लगायतहरु धरानलाई थप स्थापित बनाउन लागिपरेका छन् ।
गीत–सङ्गीतको क्षेत्रमा धरान सङ्गीत प्रतिष्ठानले समेत भूमिका खेलिरहेको छ पछिल्लो समय । तर, कुनै बेला यही धरानमा जनवादी गायकदेखि साँस्कृतिक कार्यक्रम गर्नेहरुको ताँती हुन्थ्यो । रामेश, मञ्जुलदेखि शम्भु राई, हिमायती लगायतका समूहले धरानलाई नै आप्mनो कर्मथलो बनाएका थिए । र, यहींबाट आप्mनो परिचयसमेत स्थापित गरेका थिए ।
नाटक
जसरी सङ्गीतको शुरुवात १९९६ मा भयो । त्यसरी नै धरानमा नाटकको प्रारम्भ पनि त्यही कालखण्डमा भएको जानकारहरु बताउने गर्छन् । स्टेज कार्यक्रमको थालनी त्यही कालमा शुरु भयो । जहाँ चन्द्रशेखर श्रेष्ठहरुले नाटकको थालनी गरे । त्यो बेलामा हिन्दी प्रभावित नाटकहरु मञ्चन गरिन्थे । त्यो पनि धार्मिक । २००४ सालमा स्टेज नाटकको शुरुवात श्रेष्ठले नै गरे । २००८ सालमा नेपाली नाटकको प्रारम्भ भयो । त्यो २०२२ सालसम्म यथावत नै रह्यो । त्यसपछि २०२८–०३५ सम्म बसन्त थापाको समूहले नाटकलाई डो¥यायो । संस्थागत नभए पनि कलाकारहरुले नै डो¥याएको धरानको नाटकले केही फड्को त मा¥यो । तर, स्थापित हुन सकेन । पुनः २०३८ देखि राजकुमार मादेनले नेतृत्व गरेको समूहले पञ्चायतविरुद्ध नाटक मञ्चन गर्न थाल्यो ।
२०४४ सालमा अनाम नाट्य जमात स्थापना भएसँगै धरानमा नाटकको संस्थागत अभ्युदय भयो । ‘संस्थागत रुपमा नाटकको शुरुवात अनामबाटै भएको हो’, नाट्यकर्मी महासङ्घका महासचिव रिमाल भन्छन्, ‘त्यस अघिसम्म नाटक संस्थागत रुपमा थिएन । कलाकारहरुले नै चलाइरहेका थिए’, अनामको प्रारम्भपछि बग्रेल्ती नाटक समूहहरुको जन्म भयो । आरम्भ, सहारालगायतका नाटक संस्थाहरु जन्मिए । झण्डै ५५ को दशकसम्म धरानको नाटकले काठमाडौंसम्म आप्mनो वर्चश्व कायम ग¥यो । ‘धरानको नाटक भनेपछि टिकट काटेर हेर्ने चलन थियो त्यो बेला पनि’, आरम्भका अध्यक्ष गोपाल देवानले नाटक प्रशिक्षणका क्रममा भनेका थिए, ‘धरानको नाटकसँग कमैले प्रतिस्पर्धा गर्थे ।’ तर, त्यसपछिको झण्डै ढेड दशक नाटक धरानमा सुस्तायो । र, फेरि पुनारागमन भएको छ ।
साहित्य
धरानको साहित्यले पञ्चायती कालमै आन्दोलन छेडेको थियो भन्दा अत्युक्ति हुँदैन । कुनै बेला छद्म नामले यहाँका साहित्यकार तथा कविहरुले पञ्चायतका हिमायतीहरुलाई राम्रैसँगै दनक दिने गरेका थिए । त्यही बेलादेखिका साहित्यका सतिसालहरु वेणु आचार्य, वम देवान, कुन्ता शर्मा, राजकुमार कार्की, गोपाल देवान, गिरिराज आचार्य, नवीन सुब्बा, चन्द्र घिमिरे, हर्ष सुब्बा, कृष्ण पाख्रिनहरु लागिपरेका थिए ।
‘त्यो बेला पञ्चायतविरुद्धको मिसन नै हुन्थ्यो’, अग्रज कवि राजकुमार कार्की भन्छन्, ‘कोही काङ्ग्रेसका कोही वाम धारका थियौं, तरपनि गोलबद्ध भएर आन्दोलन छेड्थ्यौं ।’ प्रगतिशील लेखक सङ्घ, साहित्यकार मिलन केन्द्र, अफ्रो एशियाली लेखक सङ्घ, युवा साहित्य जमात जस्ता समूह क्रियाशील थिए । जसले साहित्यिक गतिविधिहरु गर्थे । दैनिक नभए पनि साप्ताहिक कार्यक्रमहरु हुन्थे । जनमत सङ्ग्रहपछि शुरु भएको साहित्यिक आन्दोलनको नेतृत्व पूर्वको धरानले नै गथ्र्यो ।
यहाँ कर्मथलो बनाएर साहित्यिक गतिविधि गर्नेहरु पनि धेरै थिए । साहित्यिक चेतनासमेत तीब्र थियो । मानौं, धरानले नै झापा, मोरङलाई समेत नेतृत्व गरेर कार्यक्रम हुने गरेको कार्की स्मरण गर्छन् । ‘पञ्चायत फाल्ने मुख्य भूमिका धरानले गरेको थियो’, विगत स्मरण गर्दै कवि कार्की भन्छन् । तर, अहिले साहित्यिक गतिविधि लगभग शून्यको स्थितिमा रहेको छ । फाट्टफुट्टबाहेक धरानको साहित्यिक माहौल नै फेरिएको छ भन्दा अत्युक्ति हुँदैन ।
शिक्षा
‘भूगोलको हिसाबमा धरान सानो भएपनि सबै विषय अध्ययन अध्यापन हुने हिसाबले पूर्वको शिक्षाको हवको रुपमा बुभ्mदा हुन्छ’, महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख चन्द्र राई भन्छन् । उनले भनेजस्तै धरानमा प्राविधिक विषयदेखि लिएर सामान्य शिक्षाको केन्द्र नै छ भन्दा फरक पर्दैन ।
२००७ सालमा स्थापना भएको सँस्कृत क्याम्पस पिण्डेश्वर विद्यापीठदेखि इञ्जिनियरिङ, खाद्य प्रविधि, स्वास्थ्य शिक्षा धरानमै अध्ययन गर्न पाइन्छ । २०१२ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस स्थापना भयो । जहाँ मानविकी, शिक्षा, व्यवस्थापन, कानुनका विषयहरु अध्यापन हुन्छन् । खाद्य तथा पोषणको अध्ययन हुने केन्द्रीय खाद्य प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस छन् । यस्तै स्वास्थ्य शिक्षाको क्षेत्रमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ ।
जसले वार्षिक पाँच सयको हाराहारीमा डाक्टर उत्पादन गरिरहेको छ । पूर्वको रेफरल सेन्टरको रुपमा मात्रै हैन, दक्षिण एशियामा स्वास्थ्य शिक्षामा आप्mनो परिचय बनाएको प्रतिष्ठान जस्ता शैक्षिक संस्थाले धरानको परिचयलाई बदलिदिएको छ । २०४५ को भूकम्पपछि लगभग मृत शहरको रुपमा परिचित भएको धरानलाई ब्यूँताउने कार्य प्रतिष्ठानले गरेको थियो । पूर्वको शैक्षिक हवको रुपमा रहेको धरानमा निजी शिक्षालयहरुले समेत उस्तै भूमिका खेलेको छन् पछिल्लो समय ।
खेलकुद कतिपय खेलहरु धरानबाटै राष्ट्रियकरण भएका छन् । मार्शल आर्टदेखि बास्केटबल, बडिबिल्डिङ धरानका चिनारी हुन् । यी खेलहरु धरानबाटै प्रारम्भ भए । जसले धरानलाई चिनाउन अहिलेसम्म उस्तै भूमिका खेलिरहेको छ । जतिबेला यी खेलहरु खेलिए, त्यति बेला धरानबाहेक अन्य जिल्ला त के काठमाडौंले समेत खेलेको थिएन । धरानले नै यसको प्रतिनिधित्व गर्ने गरेको थियो । बडी बिल्डिङमा अहिले धर्मश्री प्रतियोगिता हुन्छ । त्यो पनि धरानको बडिबिल्डिङ भन्दा धेरै पछि शुरु भएको हो । २५ को दशकदेखि नै धरानमा बडीबिल्डिङ शुरु भएको हो । प्रतियोगिताको रुपमा धरानमै मिष्टर धरान शुरु भएको हो । २०२६ सालमा पहिलोपटक मिष्टर धरान रमेश खनाल बनेका थिए । यस्तै बास्केटबल समेत धरानबाटै शुरुवात भएको थियो । जसको परिचय धरानसँग जोडिएको छ । धरानले पूmटबलको मिनी ब्राजिलकै पहिचान बनाएको थियो । खेलकुद गतिविधिले धरानको परिचय जोड्थ्यो ।धरानमा स्क्वासदेखि लिएर सबै खेल खेलिन्छन् । धरानमा राष्ट्रिय स्तरको कभर्ड हल रहेको छ । खेलकुदको शहरको रुपमासमेत परिचित बनेको धरानले हजारौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु जन्माइसकेको छ । गोर्खा लाहुरेको शहरको रुपमा परिचित धरानमा झण्डै ६० प्रतिशत पूर्व गोर्खा सैनिकहरुको बसोबास छ । २०१० सालदेखि ब्रिटिस क्याम्प बसेसँगै धरानमा लाहुरेहरुको आवागमन बाक्लिँदै गएको हो । अझ प्रजातन्त्र प्राप्तिसँगै धरानमा लाहुरेहरु ह्वात्तै बढ्न थालेको पूर्व ब्रिटिस गोर्खा गजेन्द्र इस्बो बताउँछन् । २०१० सालमा ब्रिटिस क्याम्प फुस्रेमा आएर बसेको थियो । तर, सानो क्षेत्रफल भएकै कारण हालको बीपी प्रतिष्ठानमा सात वर्षपछि सरेको थियो । त्यसपछि आंशिक रुपमा लाहुरेहरुको बसोबास हुन थालेपनि २०४६ पछि धरानमा लाहुरेहरु एक्कासी बाक्लिएका हुन् । अहिले धरानमा ६० प्रतिशतको हाराहारीमा भारतीय, ब्रिटिस, सिंगापुरहरुकै जनघनत्व हुन सक्ने उनी अनुमान लगाउँछन् । प्रजातन्त्रको पुनर्वहालीपछि धरानमा भूपू सैनिकहरुले ढल निकास, सडक, घर निर्माणमा एकदमै तदारुकता देखाए । २०५६ सम्म जनसहभागिताको उच्चतम नमूना नै भएको थियो लाहुरेहरुबाट । ‘धरानको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् लाहुरेहरुले ।’