धरान/ धरान–१५ श्यामचोकनजिकको सुकुम्वासी बस्तीमा बुधबार राति एक सुत्केरी महिला बलात्कृत भएकी छन् । राति करीब ९ बजे श्रीमान् घरमा नभएको बेला सुतिरहेको अवस्थामा छिमेकी एक युवकले छुरा देखाउँदै नजिकै रहेको आप्mनो घरमा लगेर रातभर बलात्कार गरी बेहोश अवस्थामा छाडेको पीडित महिलाले बताइन् ।
घाँटीमा छुरा राखेर करीब दुई महिनाको दूधे बालकसहित जबर्जस्ती घरबाटै उठाएर लगेको उनले जनाइन् । बिहान होश खुल्दा रगत बगिरहेको अवस्थामा आपूm तिनै युवकको घरको पेटीमा रहेको उनले सुनाइन् । आपूmले प्रतिकारको प्रयास गर्दा पनि ती युवकले छुरा देखाएर जबर्जस्ती गरेको उनले आँशु झार्दै सुनाइन् ।
छिमेकीले उनलाई बिहीबार बिहान रगतपच्छे अवस्थामा भेटेका थिए । पति रिक्साचालक भएकाले राति अबेर आउने गरेको मौका छोपी ती युवकले उनलाई आप्mनै घरमा लगेर बलात्कार गरेको छिमेकीले बताए । उनीहरुले ती युवकसमेत घरमा एक्लै भएको समयमा बलात्कार गर्न सफल भएको जनाए ।
राति श्रीमान् घरमा पुग्दा श्रीमतीलाई नभेटेपछि छिमेकीको सहयोगमा रातभर खोजी गरेका थिए । राति नभेटिएकी उनी बिहान छिमेकीकै घरमा रक्ताम्य अवस्थामा भेटिएपछि मात्रै उनी बलात्कृत भएको खुलेको थियो । अपहरण नै गरेर गरिएको विभत्स बलात्कारको घटनामा संलग्न भने फरार छन् । डीएसपी ढकेन्द्र खतिवडाले पीडितको जाहेरी आएको र स्वास्थ्य परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको बताए । उनले घटनामा संलग्नको खोजी भइरहेको बताए ।