धरान/नुवाकोटमा दुर्घटना भएको हेलिकप्टरमा सवार छ जनाकै मृत्यु भएको समाचार प्राप्त भएको छ ।गोर्खाबाट सुत्केरी लिएर काठमाण्डौका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदनपुर पाखुरेमा दुर्घटनाग्रस्त दुर्घटना भएको थियो । [caption id="attachment_9456" align="alignnone" width="650"]fishtail- फाईल फोटो[/caption] चालक क्याप्टेन रञ्जन लिम्बु, दुइ वर्षमुनीका एक बालक र अन्य चारजनाको मृत्यु भएको हो । विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सोमबार दिउसो १२ बजेर ३६ मिनेट देखि सम्पर्क बिहीन भएको जनाईएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोख्रेलले नुवाकोटको मदानपुरको जङगलमा हेलिकप्टर दुर्घटना भएको पुष्टि गरेका छन् । हेलिकोप्टरमा २२ वर्षीया सुत्केरी प्रिति गुरुङ, उनको चार दिनको नबजात सिशु र सासुससुरासहित परिवारका अन्य सदस्य थिए।दुर्घटना स्थलमा उद्धारकार्य जारी रहेको स्थानिय प्रशासनले जनाएको छ