164170_1549205978779_5262667_nघरमै मोति भएपछी,सागर किन धाउनु
मनमै ज्योती जलेपछी,उषा किन पाउनु

निस्वार्थले अँगालोमा, बेरेपछी चट्ट
उत्ताउली धोकेबाजलाइ, मायाँ किन लाउनु

मुरि फल्ने गैरी खेत, आफ्नै भएपछी
पाखोबारी बिनासित्ती,पर्‍यो किन साउनु

म राजा तिमी रानी, बनौं भन्छिन उनी
बटुवा भइ तिम्रो घरमा ,पर्‍यो किन धाउनु