धरान / नेपाल आइडलबाट बहिरिए पछि भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने चर्चित सांगीतिक प्रतियोगितात्मक कार्यक्रम ‘सारेगामापा’मा आफ्नो जादु चलाएकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको ‘रङ भित्रको उजाड जिन्दगी’ वल गीतको छायाङ्कन भएको छ ।

सान थापाले निर्देशन गरेको गीतलाई पत्रकार दीपेन्द्र घिमिरेले लेखेका हुन । गीतको भिडियोमा विभिन्न फिल्म तथा गीत संगितबाट चर्चामा रहेकी अभिनेत्री निता ढुंगाना र अभिनेता निराजन प्रधानले जम्मा रु ५१ रुपैयाँ पारिश्रमिक लियर अभिनय गरेका छन । धेरै ब्यक्तीहरुको मन जोडिएको र गीतको भिडियो यही पुस तेश्रो साता बजारमा आउने निर्देशक थापाले बताए ।

भिडियाे हेर्नुहाेस् ।