मोरङ। मोरङको विराटनगर १९ बैजनाथपुरमा बुधबार सिटी सफारी र ट्याम्पु ठोक्किंदा चार जना घाइते भएका छन।

उतरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ह ६८७३ नम्बरको सिटी सफारी र विपरित दिशाबाट आउँदै गरेको को १ ह ९३८२ नम्बरको ट्याम्पु (अटो रिक्सा) मध्यान्ह १२ बजे एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते हुनेमा सिटी सफारीमा सवार सुनसरी दुहबी नगरपालिका ७ पचिरा बस्ने डुनी चौधरी तथा अटो रिक्सामा सवार मोरङ ग्रामथान गाउँपालिका ६ का २० वर्षीय सफिद असर्फी , सोही ठाउँ बस्ने १६ वर्षिय अजिक मोहमद र चालक ग्रामथान गाउँपालिका ४ बस्ने २८ वर्षीय सुनिल उराव रहेका छन्।

घाइतेहरुको कोशी अंचल अस्पतालमा उपचार भई रहेको छ । सिटी सफारीका चालक मोरङ ग्रामथान गाउँपालिका १ बस्ने सुरज साहसहित दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन।