स्वास्थ्य

    Showing २१-३० of १,९६८ items.
  • बीपी प्रतिष्ठानमा बिना प्रायोजन ४ लाख ८० हजारको भुक्तानी

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि अर्को चेक काण्ड सार्वजनिक भएको छ । ०७५ वैशाख २३ गते तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र प्रतिष्ठानसँग कुनै कारोबार र साइनो नभएका जीवन पौडेलले भुक्तानी लिएको घटना सेलाउन नपाउँदै पुनः अर्को चेकबाट रकम लिएको घटना बाहिरिएको छ । २०७५ वैशाख २३ गते एनआईसी एशिया बैङ्कमा रहेको प्रतिष्ठानको खाता नम्बर २३४१०१०१४८०५५२४०१४ बाट चेक नम्बर १६७५०६५० मार्फत् जीवन पौडेलको नाममा रकम गएको काण्डले प्रतिष्ठान बदनाम भएपछि रातारात उक्त चेकको रकम पुनः प्रतिष्ठानको खातामा जम्मा गरिएको थियो । उक्त विषयमा अझै छानबिन चलिरहेको छ । सो चेकमा निलम्बित रजिष्ट्रार तुलबह

    • प्रकाशित मितिः मंसिर १, २०७६
    • २९७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सशस्त्रकाे स्वास्थ्य शिविरमा ५ सय लाभान्वित

    भण्टावारी / सुनसरीको हरिनगर गाउँपालीकामा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनगर गाउँपालीका वार्ड नम्बर ५ स्थित श्री बसन्तपुर माविको प्राङ्गनमा हरीनगर गाँउपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेक्वा सुनसरी र हातेमालो फाउण्डेसन धरानको संयुक्त आयोजना शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको डिएसपी मित्र श्रेष्ठले जानकारी दिए । उक्त शिविरमा हाड जोर्नी, नाक,कान,घाटी, आँखा, दाँत, गाईनो, छाला र फिजिसियन बिशेषज्ञ चिकित्सकहरुको उपस्थितीमा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम संचालन भएको उनले बताए । स्वास्थ्य शिविरमा ५०० जना स्थानीय लाभान्वित भएको डिएसपी श्रेष्ठले बताए

    • प्रकाशित मितिः कार्तिक ३०, २०७६
    • १२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उपचारको पहुँचमा आउँदै मोतियाबिन्दुका बिरामी

    ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा मोतियाबिन्दुका बिरामी बढ्दै गएका छन् । नेपाल नेत्र ज्योति संघ/डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रको तथ्याङ्क अनुसार वर्षेनी मोतियाबिन्दु भई शल्यक्रिया गराउनेको संख्या बढ्दै गएको छ । गत कार्तिक २४ गतेबाट नेपाल नेत्र ज्योति संघ/ डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्र, सेवा फउण्डेसन र फुङ्लिङ नगरपालिकाको आयोजनामा सञ्चालित ३ दिने आखाँ शिविरमा मात्र ५९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । शिविर मार्फत ४ सय ३७ जना बिरामीको आँखा परीक्षण तथा उपचार गरिएको थियो । जसमध्ये ५९ जनाको मोतियाबिन्दुको शल्यक्रिया र १५ जनाको सामान्य शल्यक्रिया गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक २८, २०७६
    • ११२ पटक पढिएको
    • बसन्त लिम्बू
  • आहारपूरक (डाइटरी सप्लिमेन्ट) खाद्य पदार्थको महत्व र वर्तमान अवस्था

    जब शिशुको जन्म हुन्छ तब उसलाई आमाको दुधको आवश्यकता पर्दछ । आमाको दुधमा एउटा नवजात शिशुलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरूको मात्रा उल्लेखनीय मात्रामा हुन्छ । शिशुलाई चाहिने पौष्टिक तत्व जस्तै ल्याक्टोज, प्रोटिन, खनिज पदार्थ, चिल्लो पदार्थ, पानी लगायत भिटामिनहरूको सम्मिश्रणले शिशुको वृद्धिमा प्रमुख भूमिका खेलेको हुन्छ । तर, जब शिशुको समयअनुसार तौल, आयतन र उचाइमा वृद्धि हुनुपर्ने हुन्छ तब आमाको दुध पर्याप्त नहुन सक्छ । त्यस कारण हाम्रो धर्म संस्कृति अनुरूप ६ महिनापछि पास्नी गरेर आमाको दूध सँगसँगै अन्य ठोस पदार्थ पनि खुवाउने गर्छौं जसले शिशुको वृद्धिमा अझ बढी सहयोग पु¥याउन मदत पु¥याउँछ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०७६
    • ७३१ पटक पढिएको
    • ईश्वर सुवेदी
  • बिरामी ठग्ने सञ्चालकलाई अदालतको पुर्जी

    विराटनगर/ बिरामीलाई ठगी गर्ने विराटनगर–९ जहदा रोडस्थित ‘साक्षी मेडिकल हल’ का सञ्चालकहरूलाई जिल्ला अदालत मोरङले ३५ दिने म्याद पुर्जी जारी गरेको छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा ‘ठगी’ मा फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेपछि अदालतले साक्षी मेडिकल हलका सञ्चालकद्वय सप्तरी बोदेबरसाइन नगरपालिका–६ घर भई विराटनगर बस्दै आएका २५ वर्षीय चन्द्रशेखर यादव र सिरहा सुखीपुर नगरपालिका–९ का ३० वर्षीय निरञ्जन शाक्यलाई अदालतले म्याद पुर्जी जारी गरेको हो । ३५ दिनभित्र उनीहरू अदालत उपस्थित नभए अदालतले मुद्दाको प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी युवर

    • प्रकाशित मितिः कार्तिक २७, २०७६
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धनकुटामा प्रदेशस्तरको टिचिङ हस्पिटल बन्ने

    धनकुटा/ धनकुटामा शनिबार सम्पन्न सर्वपक्षीय भेलाले धनकुटामा प्रदेशस्तरीय टिचिङ हस्पिटल स्थापना गर्ने निर्णय गरेको छ । भेलामा धनकुटा–६ फोक्ल्याण्ड टापु नजिकैको सिएमए क्याम्पसको ४७ रोपनी ३ आना १ पैसा जग्गामा टिचिङ हस्पिटलका लागि व्यवस्था गर्ने सहमति बनेको छ । सो जग्गा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको नाममा दर्ता रहेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले जानकारी दिए । सिएमए क्याम्पसमा खाली जग्गा पनि रहेको र भौतिक पूर्वाधारहरू पनि प्रशस्त भएकाले तत्कालीन अवस्थामा पठन–पाठन शुरु गर्नेदेखि प्रशासनिक कामको लागि सहज हुने उनले बताए । बाँकी अपुग जग्गाको लाग

    • प्रकाशित मितिः कार्तिक २५, २०७६
    • १,४६३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोशी गाउँपालिका–७ मा प्रसुती गृह संचालन

    भण्टावारी /  ग्रामिण भेगका माहिलाहरुलाई प्रसुती गराउन स्वास्थ्य चौकीसम्म पु¥याउन कोशी गाउँपालीका–७ स्थित हरिपुरमा अर्को प्रसुती गृह संचालनमा आएको छ । नेपाल सरकार तथा बेलायती सरकारको सहयोगमा संचालित सामुदायिक विकास कार्यक्रम अन्तर्गत हरिपुरमा निर्माण भएको प्रसुती गृहको एक कार्यक्रमका बीच कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले गरेका हुन । गाउँमै सर्वसाधारणलाई सेवा दिने उद्देश्यले सिडिपी आरआरएनको २६ लाख २० हजार, वडा तथा गाउँपालीकाको ३ लाख ९२ हजार र स्थानीयबासीले गरेको ३० हजार श्रमदान गरी कुल ३० लाख १५ हजार १३५ रुपैयाँ लागतमा प्रसुती गृहको तीनकोठे भवन निर्माण भएको वार्ड ७ का अध्यक्ष

    • प्रकाशित मितिः कार्तिक २५, २०७६
    • १०८ पटक पढिएको
    • मिकाइल आलम
  • स्वास्थ्यमन्त्रीको दबावमा बीपीको सिनेट बैठक स्थगित

    धरान ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अहिले समस्यै समस्यामा छ । एकातिर बिरामीको चाप, अर्कातिर उपकुलपति, रजिष्ट्रारजस्ता महत्वपूर्ण पद खाली हुँदा प्रतिष्ठान अस्त–व्यस्त बनेको छ । समस्याको चाङ रहेको प्रतिष्ठानलाई सिनेट बैठकले राहत दिने आम जनमानसको अपेक्षा थियो तर शुक्रबार हुनुपर्ने सिनेट बैठक अन्तिम समयमा आएर स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दबावमा स्थगित भएको छ । प्रतिष्ठानको ४३ औं सिनेट बैठकका लागि सबै सिनेट सदस्यहरू काठमाडौं पुगिसकेका थिए भने बैठकका लागि निर्माणाधीन अवस्थामा रहेको मातृशिशु भवन, फ्याकल्टी प्रोमोसन, तलब, बजेटलगायतका एजेण्डा तयार गरिएको थियो । बैठकको

    • प्रकाशित मितिः कार्तिक २३, २०७६
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मृगौला पिडितलाई अर्थिक सहयोग

    मधुमल्ला । मोरङकोे मिक्लाजुङ गाउँपालिका वडा नं. ३, टाँडीका दुबै मृगौलाले काम नगरी बिरामी परेका पुर्ण वहादुर लिम्बुलाई आर्थिक सहयोग हस्तानतरण गरिएको छ । बिगत लामो समय देखी दुवै मिर्गौला काम नगरी थलापरेका लिम्बुको उपचारका लागि विभिन्न सहयोगी महानुभावहरु वाट आर्थिक सहयोग गरी लिम्बुकै घरमा गरए संकलित रकम रु. ६४ हजार चार सय सत्तरी रुपया हस्तान्तरण गरिएको हो । बिरामीका लागि सहयोग रकम संकलन गर्न लागी स्थानिय समाजसेवीहरु हर्कराज राईको अगुवाईमा चन्द्र लिम्बु, गणेश भट्टराई, दिनेश पौडेल, सन्तोष मगर, गोविन्द खड्का, याम चम्लागाई, भवानी चम्लागाई, ज्ञानु खनाल, केशव रेग्मि, नरेश आचार्य, भिम लिङ्देन, पुर्ण लि

    • प्रकाशित मितिः कार्तिक २२, २०७६
    • ४४७ पटक पढिएको
    • सन्तोष गौतम
  • सुत्केरी श्रीमतीलाई अस्पतालमै छाडेर भागेपछि....

    झापा/ सुत्केरी व्यथा लागेर अस्पताल भर्ना भएकी श्रीमतीलाई पैसा खोजेर आउँछु भनी हिँडेका श्रीमान् बेपत्ता भएपछि झापा कन्काई नगरपालिका–४ कोटीहोमकी एसिला मगर अहिले अलपत्र बनेकी छन् । कात्तिक ९ गते सुत्केरी व्यथा लागेर बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटल भर्ना भएकी पीडित मगर अस्पतालको बिल भुक्तानी गर्न नसकेर अलपत्रमा परेकी हुन् । उनले कात्तिक १० गते शिशु जन्माएकी थिइन् । उनको सहयोगार्थ गङ्गामाया तथा नरबहादुर बस्नेत क्यान्सर पीडित संस्था बिर्तामोड–४ झापाले अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार कन्काई नगरपालिकास्थित सुरुङ्गाबाट एसिलालाई अस्पतालबाट उन्मुक्ति दिलाउन आर्थिक सहयोग अभिया

    • प्रकाशित मितिः कार्तिक २२, २०७६
    • ६२० पटक पढिएको
    • उद्धव पुरी

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved