विजयपुर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्मजयन्ती (मोहम्मद जयन्ती) का अवसरमा भोलि (बुधबार) स्थानीय बिदा दिएको छ ।
नगर प्रमुख हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक सेवाबाहेक स्थानीय बिदा दिइएको हो । यता, गृह मन्त्रालयले भने मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।