धरान । सिजी डिजिटलको कोशी प्रदेशको राजधानी विराटनगरमा मल्टीब्रान्ड शोरुम शनिबार उद्घाटन गरएको छ ।

रिटेल नेटवर्क विस्तारको क्रममा विरानगरमा शोरुममा खोलिएको जनाइएको छ । ग्राहकहरुले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनि खरिद गर्न सक्ने जनाइएको छ ।

नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले शोरुमको उद्घाटन गरे । सिजीको रिटेल नेटवर्कअन्तर्गत देशभर २८ वटा शोरुम सञ्चालित छन् ।

यहाँ विश्वका सबैजसो ब्रान्डका सामग्रीहरू प्राप्त गर्न सकिने जनाइएको छ । सुरुवातको अवसरमा दसैँविशेष अफर ल्याएको छ । हाल ३० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।