श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असोज २३ गते शुक्रबार, ९ अक्टोबर २०२६, रौद्रनाम संवत्सर । आश्विन कृष्णपक्षको चतुर्दशी तिथि २१:०१ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र उत्तरफाल्गुनी २१:५४ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि कन्या, सूर्योदय ०६:०० बजे र सूर्यास्त ०५:३९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरका साथै चुनौतीसमेत देखापर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई बाँड्नुपर्ला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

निर्णय लिन अलमल गर्दा काममा पछि परिनेछ। छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले पनि समस्या निम्त्याउनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्‍याउनु होला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। फाइदा मात्र हेर्दा आलोचित भइनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रक्रिया नमिल्नाले काम दोहोर्‍याउनु पर्ने हुनसक्छ। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला।