विजयपुर । गोर्खा जनमुक्ति मोर्चाले संगठन विस्तार तथा जिम्मेवारी बाँडफाँडलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘जुस्लो हाइवे’ को संयोजकमा सचिन क्षेत्रीलाई नियुक्त गरेको छ ।


मोर्चाका केन्द्रीय अध्यक्ष विमल गुरुङले दार्जिलिङका क्षेत्रीलाई नियुक्त गरेका हुन् । केन्द्रीय समितिले संगठनप्रति उनको समर्पण, इमानदारिता, नेतृत्व क्षमता तथा गोर्खा समुदायको हितका लागि पुर्‍याएको निरन्तर योगदानको मूल्यांकन गर्दै संयोजक पदको जिम्मेवारी सुम्पिएको जनाएको छ ।


नवनियुक्त संयोजक क्षेत्रीले गोर्खा जनमुक्ति मोर्चाको सिद्धान्त, नीति तथा निर्देशनअनुसार आफ्नो जिम्मेवारी इमानदारितापूर्वक निर्वाह गर्ने बताएका छन् । मोर्चाको केन्द्रीय समिति तथा अन्य सांगठनिक निकायसँग आवश्यक समन्वय गर्दै संगठनलाई थप सुदृढ बनाउने, संगठनभित्र एकता, अनुशासन र सक्रियतालाई प्रवद्र्धन गर्ने तथा श्रमिकहरूको हक, हित र कल्याणका लागि विशेष पहल गर्ने जिम्मेवारी उनको रहेको छ ।


अध्यक्ष गुरुङले क्षेत्रीको नेतृत्व, सक्रियता र संगठनप्रतिको प्रतिबद्धताले मोर्चालाई अझ सशक्त, संगठित र गतिशील बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।