श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल असार १० गते बुधबार, २४ जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको दशमी तिथि ०६ः३१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र चित्रा ०२ः१५ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। आकस्मिक खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यअनुसार काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ।सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशुधनले लाभ दिलाउनेछ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, सफलता प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।