श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल जेठ २७ गते बुधबार, १० जुन २०२६, रौद्रनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि भोलि ०१ः१३ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र ०९ः३५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काममा अनायासै व्यवधान देखापर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनसक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ । पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विभिन्न कामका अवसर प्राप्त हुनेछन् । व्यवसायमा पनि फाइदा हुनेछ। आयस्रोत राम्रो हुनाले धन सञ्चय हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा राम्रै फड्को मार्ने समय छ। समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनु पर्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित प्रतिफल हातपार्न समय लाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउलान्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयअनुसार चल्न नसक्दा दुःख पाइनेछ।भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।