विजयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी सभापतिमा सागर दाहाल र उपसभापतिमा राजेशमान श्रेष्ठ निर्वाचित भएका छन् ।


दाहालले १ सय ४२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका छन् । उपसभापति श्रेष्ठ १ सय ९७ मतसहित निर्वाचित भएका छन् भने उनकी प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरिन् । सचिवमा राजारामकुमार मेहता तथा सहसचिवमा योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन् ।


यसैगरी, सदस्यमा लक्ष्मी सुवेदी २ सय ९, राजकुमारी मेहता १ सय ६९, धर्मवीरकुमार आर्य १ सय १२, रेणुका हरिजन १ सय ९ तथा गोकुल थापा १ सय ७ मतसहित निर्वाचित भएका छन् ।