काठमाडौँ । एनसेलले हिमालयन जाभा कफीबिचको सहकार्यमा नयाँ वर्षदेखि विशेष अफर ल्याएको छ ।
देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउन सक्ने जनाइएको छ । एनसेल र हिमालयन जाभा कफीबिच सम्झौता भएको छ । एनसेलको ४ सय ९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने जनाइएको छ । तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ ।
२५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउने जनाइएको छ । यसबाहेक ९९ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने, “सम्बन्धहरूलाई राम्रा अनुभवहरूका साथ झन् प्रगाढ बनाउनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं । हिमालयन जाभा कफीसँगको यो साझेदारीमार्फत् हामीले हाम्रा ग्राहकहरूलाई व्यस्त दैनिकीबाट केही समय निकाल्न, एक अर्कासँग जोडिन अनि जीवनका साना–साना खुसीहरू साट्न थप कारण दिइरहेका छौं । यो अफरले कफीको हरेक कपलाई अझ अर्थपूर्ण बनाँउछ ।”
“एनसेलसँगको यो साझेदारीमा नेपालभरका कफी प्रेमीहरूलाई रोमाञ्चक अफरहरू ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । हिमालयन जाभाको प्रिमियम कफीप्रतिको लगाव र एनसेलको अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रतिबद्धतालाई यो सहकार्यले बढवा दिएको छ”–हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले भने ।