विजयपुर । खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड रुपैयाँ राजस्व असुली भएको छ ।

यो रकम गत आर्थिक वर्ष र चालु आवको प्रथम आठ महिनाको हो । खानी तथा भूगर्भ विभागका अनुसार चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायतका खनिजजन्य वस्तुको उत्खनन अनुमति तथा अनुमतिपत्र नवीकरणबाट रकम सङ्कलन भएको हो । गत आवमा विभागले चुनढुङ्गा, टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिङ्क, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट, तामा उत्खननको अनुमति दिएको थियो । रासस