काठमाडौँ । एलपी ग्यासको मूल्य र आपूर्तिमा उतारचढाव भइरहेका बेला सहरी क्षेत्रमा माइक्रोवेभ ओभनको प्रयोग बढ्दै गएको छ । छिटो खाना पकाउन सकिने भएकाले यसले समयसँगै ग्यासको खपत घटाउन सहयोग गरेको प्रयोगकर्ताहरूको भनाइ छ ।

व्यस्त जीवनशैली भएका घरपरिवारले नास्ता, स्न्याक्स र बेकिङका लागि माइक्रोवेभ प्रयोग गर्न थालेपछि भान्सामा यसको महŒव बढ्दै गएको हो । 

विभिन्न मोडेल र सुविधासहित उपलब्ध माइक्रोवेभले खाना तताउने मात्र नभई पकाउने र बेकिङ गर्ने कामसमेत सजिलो बनाएको छ ।

विशेषगरी कम समय, कम ग्यास र सहज प्रयोगका कारण माइक्रोवेभ ओभन आधुनिक भान्साको महŒवपूर्ण उपकरणका रूपमा स्थापित हुँदै गएको देखिन्छ ।