विजयपुर । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा अन्तिम फैसला जनताको हुने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला स्वीकार गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’ हालै सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित नतिजा नआएको स्वीकार गरेका छन् । ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको जनाएका छन् । ओलीले जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको उल्लेख गरेका छन् । ‘हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ’– ओलीले लेखेका छन् ।
































