विजयपुर । नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. १ का उम्मेदवार टिकाराम लिम्बूले निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।
उम्मेदवार लिम्बूले सार्वजनिक गरेको विवरण अनुसार निर्वाचनमा १६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । खर्च विवरणअनुसार सबैभन्दा बढी नमुना मतपत्र छपाइमा ६ लाख रुपैयाँ खर्च भएको उल्लेख छ । यस्तै, मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ, सवारी साधनमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको छ । प्रतिबद्धता पत्र छपाईमा ५ लाख, तथा प्रचार–प्रसार सामग्रीमा २ लाख ५० हजार रुपैयाँ खर्च भएको देखाइएको छ । जनसभामा १ लाख ५० हजार र सञ्चार खर्चमा २८ हजार खर्च भएको उल्लेख छ ।































