विजयपुर। इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन्।
सोमबार सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार उनी ९११ मतान्तरले विजयी भएका हुन्। राईले १४ हजार ५४३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार ६३२ मत प्राप्त गरेको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजिमान कागतेले ११ हजार ९६६, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले नौ हजार १६० तथा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले इलाम–१ मा कांग्रेसका निश्कल विजयी






























