विजयपुर । समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालसम्म ४९ प्रतिशत मत प्राप्त गरेको छ ।
कुल ५७ लाख ४५ हजार ५४९ मत गणना गर्दा रास्वपाले २८ लाख २३ हजार ३३८ मत पाएको छ । नेपाली काँग्रेसले ९ लाख ४६ हजार ६७५ मत (१६%) र नेकपा एमालेले ८ लाख १७ हजार ६३९ मत (१४%) प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ३ लाख ९२ हजार ३४४ मत (७%) प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ३ हजार ७९३ मत (३%) प्राप्त गरेको छ ।






























