विजयपुर । प्रतिनिधि सभाका लागि समानुपातिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २२ लाख मत कटाएको छ ।
४५ लाख ३० हजार ९१३ कुल मतमध्ये रास्वपाले २२ लाख ३९ हजार ८७० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसको ७ लाख ६० हजार ४८५ मत आएको छ । एमालेको ६ लाख ४६ हजार ७७० मत आएको छ । नेपाली कम्युनिष्ट पार्टीको ३ लाख ४ हजार ६२ मत आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ६३ हजार १५१ मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीको १ लाख ७ हजार ३२ मत आएको छ । जनता समाजवादी पार्टी, नेपालले ५२ हजार ४२४ मत ल्याएको छ ।































